3 years ago
March 20, 2022
काठमाडौं (हाम्रो खेलकुद) – बाग्मती प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा भइरहेको प्रथम बाग्मती प्रदेश खेलकुदअन्तर्गत कराते प्रतियोगितामा सहभागी हुन नयाँ बानेश्वरको देउराली डोजाको खेलाडीसहित टोली आइतबार सिन्धुपाल्चोकको चौतारा प्रस्थान गरेको छ ।
करातेमा सहभागी हुने काठमाडौंको टोलीमा चार खेलाडी देउरालीका छन् । पुरुष ५० केजीमुनि करण थारु र ६० केजीमुनि रिकेश भण्डारी तथा महिला ६८ केजीमुनि आशिका राई र ६८ केजीमाथि महिमा राईले प्रतिस्पर्धा गर्ने छन् । व्यवस्थापकमा अमिर राना छन् ।
टोलीलाई देउरालीका अध्यक्ष राजेश जोशी, अखिल नेपाल खेलकुद महासंघका सह–अध्यक्ष जनक गड्तौला र भीमसेनगोल माविका प्रिन्सिपल गणेश राईले एक कार्यक्रमबीच बिदाइ गरे । सोही अवसरमा व्यवस्थापक रानाले खेलाडीलाई प्रायोजन गरेको डब्लुकेएफको स्वीकृति प्राप्त एसएमएआईको करिब ४० हजार रुपैयाँको खेल सामाग्री टोलीलाई वितरण गरिएको थियो । कराते चैत ७ देखि ९ गतेसम्म चल्ने छ ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]