default_image

3 years ago

March 20, 2022

मनकामना च्याम्पियन

285 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मनकामना डोजो पाँचौं राष्ट्रिय सोतोकान कराते तथा चौथो सूर्यविनायक मेयर कप कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । मनकामनाले १० स्वर्ण जित्यो ।

नेपाल सोतोकान कराते डो संघ (एसकेडियुएन), भक्तपुर शाखाद्वारा आयोजित प्रतियोगितामा ८ स्वर्णसाथ मेन डोजो दोश्रो भयो । तेश्रो स्थानको प्रदेश १ डोजोले ३ स्वर्ण हात पा¥यो ।

कौशलटारमा भएको प्रतियोगिताको पुरुषमा प्रदेश १ डोजोका दिपेन कार्की तथा महिलामा मेन डोजोकी विना वाइबा उत्कृष्ट खेलाडी घोषित भए । पुरुषमा मनकामनाका रिजन थापा मगर तथा महिलामा काभ्रे डोजोकीकी झरना केसी उदीयमान खेलाडी चुनिए । आयोजकको आन्तरिकतर्फ पुरुषमा दीपेन्द्र श्रेष्ठ र महिलामा सिमरन बुढाथोकी उत्कृष्ट खेलाडी ठहरिए । काभ्रे अनुशासित टिम बन्यो ।

विजेतालाई सूर्यविनायक नगरपालिका मेयर बासुदेव थापालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । त्यसअघि एकदिने प्रतियोगिताको उद्घाटन बाग्मती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कृष्णलाल भडेलले गरेका थिए ।

प्रतियोगितामा एकल कातासहित ३० स्पर्धामा १ सय ५० खेलाडीको सहभागिता रहेको आयोजक शाखाका अध्यक्ष अनिल श्रेष्ठले जनाएका छन् । शीर्ष तीन स्थान हात रहने टिम, उत्कृष्ट÷उदीयमान खेलाडी र अनुशासित टिमलाई नगद पुरस्कार प्रदान गरिने छ ।

March 24, 2025

दिल्लीको रोमाञ्चक जित

एजेन्सी – दिल्ली क्यापिटल्सले रोमाञ्चक खेलमा लखनउ सुपर जाइन्ट्सलाई १ विकेटले हराउँदै इण्डियन प्रिमियर लिग (आइपिएल) मा सोमवार विजयी सुरुवात गरेको छ। दिल्लीको जितमा आशुतोष शर्मा नायक बने। जितको लागि २ सय १० रनको लक्ष्य पछ्याएको दिल्लीले १९.३ ओभरमा ९ विकेट गुमाउँदै जित हात पार्यो। दिल्लीको सुरुवात अत्यन्तै खराब रह्यो । मात्र ७ रन जोड्दा […]

March 22, 2025

काल्खु मेलामा पुरुष भलिबल हुने

काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

Success

Thank you for your time.