3 years ago
March 19, 2022
काठमाडौं (हाम्रो खेलकुद) – प्रथम बागमती प्रदेश खेलकुदअन्तर्गत तेक्वान्दोको प्रतिस्पर्धा शनिबारदेखि हेटौडामा सुरु भएको छ । पहिलो दिन पुरुष ५४ केजीमुनि काभ्रेका रोशन केसी र दोलखाका रोशन खत्री फाइनलमा प्रवेश गरे ।
महिला ५५ केजीमुनि सिन्धुपाल्चोककी अन्जली तामाङ र काठमाडौंकी रन्जिला रोकाले स्वर्ण भिडन्त पक्का गरे । प्रतियोगितामा बाग्मती प्रदेशका विभिन्न १२ जिल्लाका १ सय ७० खेलाडी सहभागी छन् । ग्योरोगी र पुम्सेमा गरी जम्मा २६ स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ । तेक्वान्दो सोमबार सम्पन्न हुने छ ।
पुरुष टी– २० क्रिकेटमा धादिङले काठमाडौं तथा चितवनले नुवाकोटलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका छन् । उक्त खेलसंगै सेमिफाइनल समीकरण पूरा भएको छ । सेमिफाइनलमा धादिङको भेट काभ्रेसंग हुने छ भने चितवनले नुवाकोटको सामना गर्ने छ । खेलकुदअन्तर्गत आइतबारदेखि एथलेटिक्सको प्रतियोगिता त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुँदै छ ।
March 24, 2025
एजेन्सी – दिल्ली क्यापिटल्सले रोमाञ्चक खेलमा लखनउ सुपर जाइन्ट्सलाई १ विकेटले हराउँदै इण्डियन प्रिमियर लिग (आइपिएल) मा सोमवार विजयी सुरुवात गरेको छ। दिल्लीको जितमा आशुतोष शर्मा नायक बने। जितको लागि २ सय १० रनको लक्ष्य पछ्याएको दिल्लीले १९.३ ओभरमा ९ विकेट गुमाउँदै जित हात पार्यो। दिल्लीको सुरुवात अत्यन्तै खराब रह्यो । मात्र ७ रन जोड्दा […]
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]