default_image

3 years ago

March 19, 2022

श्रीजन र नीरज भिड्ने

192 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कर्णाली प्रदेशका श्रीजन हमाल र सुदूरपश्चिम प्रदेशका नीरज तिरुवा जिपी कोइराला प्रोफेसनल आईटीएफ तेक्वान्दो च्याम्पियनसिपको दोस्रो चरणमा भिड्ने भएका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा शनिबारदेखि सुरु भएको प्रतियोगितामा श्रीजनले प्रदेश–१ का हीराधन राई र नीरजले मधेश प्रदेशका विकास साहलाई हराउँदै दोस्रो चरणमा प्रवेश गरेका हुन् ।

गिरिजाप्रसाद कोइराला फाउन्डेसनको आयोजना र नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (एनआइटीएफ) को सहकार्यमा जारी च्याम्पियनसिपमा महिलातर्पm ४७–५५ केजी तौलसमूह र पुरुषमा ५५–६३ केजी तौलसमूहमा गरी कुल दुई स्वर्णका लागि प्रतिस्पर्धा भइरहेको छ । पुरुषमा पहिलो दिन १६ खेलाडीले दोस्रो चरणको यात्रा तय गरे ।

आइतबार दोस्रो चरणमा लुम्बिनी प्रदेशका वीरेन्द्र बुढा र त्रिभुवन आर्मी क्लबका प्रमोद साह, लुम्बिनी प्रदेशका राहुल थापा र आर्मीका प्रेम मगर, मधेशका आशुतोष पासवान र गण्डकी प्रदेशका भरत कुमाईंबीच प्रतिस्पर्धा हुनेछ । त्यसैगरी गण्डकीका प्रवीण बुढाले दोस्रो चरणमा लुम्बिनीका भुवन श्रेष्ठको सामना गर्दा आर्मीका दिनेश बुढामगर र गण्डकीका एक्सन मगरले पनि तेस्रो चरणको यात्राका लागि एकअर्काबीच चुनौती प्रस्तुत गर्नेछन् ।

दोस्रो चरणकै अर्को प्रतिस्पर्धामा सुदूरपश्चिमकै राकेश जलगडी र निकेश कटुवाल तथा बाग्मतीका निर्मल घिसिङ र कर्णालीका प्रकाश विकबीच भिडन्त हुने छ । सात प्रदेश र दुई विभागीय टोली (त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बल) गरी कुल ९ टोलीबाट २७÷२७ पुरुष-महिला खेलाडी सहभागी छन् ।

महिलातर्फ भने आइतबार मात्र प्रतिस्पर्धा हुने फाउन्डेसनअन्तर्गत युवा तथा खेलकुद विभाग बाग्मती प्रदेशकी संयोजक तुलसी थापा मगरले जानकारी दिइन् । प्रतियोगिताको नेपाली कांग्रेसकी नेतृ एवं पूर्वउपप्रधानमन्त्री सुजता कोइरालाले एक कार्यक्रमबीच उद्घाटन गरिन् ।

सो अवसरमा बाग्मती प्रदेशकी स्वास्थ्य राज्यमन्त्री कल्पना नेपाली, प्रतिनिधिसभा सांसद मानबहादुर विश्वकर्मा, नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (एनआईटीएफ) का अध्यक्ष अञ्जन धमलालगायतको उपस्थिति थियो ।

पूर्व प्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाको १२ औं स्मृति दिवसका अवसरमा च्याम्पियनसिप आयोजना गरिएको हो । शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः पाँच सय, तीन सय र दुई सय अमेरिकी डलर पुरस्कार प्राप्त गर्नेछन् ।

March 24, 2025

दिल्लीको रोमाञ्चक जित

एजेन्सी – दिल्ली क्यापिटल्सले रोमाञ्चक खेलमा लखनउ सुपर जाइन्ट्सलाई १ विकेटले हराउँदै इण्डियन प्रिमियर लिग (आइपिएल) मा सोमवार विजयी सुरुवात गरेको छ। दिल्लीको जितमा आशुतोष शर्मा नायक बने। जितको लागि २ सय १० रनको लक्ष्य पछ्याएको दिल्लीले १९.३ ओभरमा ९ विकेट गुमाउँदै जित हात पार्यो। दिल्लीको सुरुवात अत्यन्तै खराब रह्यो । मात्र ७ रन जोड्दा […]

March 22, 2025

काल्खु मेलामा पुरुष भलिबल हुने

काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

Success

Thank you for your time.