default_image

3 years ago

March 19, 2022

खेलकुद पत्रकार मञ्च गण्डकीको अध्यक्षमा बराल निर्वाचित

139 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद)– नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको अध्यक्षमा दीनानाथ बराल निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा बराल ९ मतको अन्तरले विजयी भएका हुन् । अध्यक्षका लागि भएको निर्वाचनमा बरालले २९ र उनका प्रत्यासी रञ्जन अधिकारीले २० मत प्राप्त गरेका थिए ।

अध्यक्षबाहेक अन्य सबै पद निर्विरोध भएको मञ्चले जनाएको छ । मञ्चको उपाध्यक्षमा सुरज श्रेष्ठ, महासचिवमा राजाराम पौडेल, सचिवमा शशीकुमार पौडेल, कोषाध्यक्षमा कविता घर्ती मगर चयन भएका छन् । त्यस्तै सदस्यमा दीपकराज मुल्मी, नारायण शाही, उमेश पुन, मानबहादुर घर्ती र राजु गिरी निर्विरोध निर्विाचित भए ।

अध्यक्ष पदमा निर्वाचित भएसंगै बरालले सबैभन्दा पहिला खेलकुदमा कलम चलाउने पत्रकारहरुका लागि सदस्यता खुलाउने पहिलो काम हुने बताए । उनले नेपाल खेलकुद पत्रकार मञ्चसंगको सम्बन्धलाई अघि बढाउँदै सहकार्य एवम् समन्वयमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

February 9, 2025

क्यान, एन्फासहित ३४ संघद्वारा सदस्य सचिवको कार्यकक्ष तोडफोडको भर्त्सना

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप) मा दर्ता राष्ट्रिय संघ मध्ये ३४ संघले राखेप सदस्य सचिवको कार्यकक्षमा भएको तोडफोडको संयुक्त रुपमा विरोध गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान), अखिल नेपाल फुटबल संघ (एन्फा), नेपाल तेक्वान्दो र नेपाल भलिबल संघसहित ३४ सँघले शनिवार संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना गरेका छन्। ‘वार्ता, […]

January 30, 2025

ख्वाजाको दोहोरो शतकमा अस्ट्रेलियाको विशाल योगफल

एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको‌ योगदान […]

January 30, 2025

कुशलको टोलीले दीपेन्द्रको टिमलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]

Success

Thank you for your time.