3 years ago
March 18, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सोतोकान कराते डो संघ (एसकेडियुएन), भक्तपुर शाखाको आयोजनामा पाँचौं राष्ट्रिय सोतोकान कराते तथा चौथो सूर्यविनायक मेयर कप कराते प्रतियोगिता शनिबार हुने भएको छ ।
प्रतियोगितामा एकल कातासहित ३० स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक शाखाका अध्यक्ष अनिल श्रेष्ठले जनाएका छन् । सूर्यविनायक नगरपालिकाको सहयोगमा हुन लागेको प्रतियोगितामा करिब १ सय ५० खेलाडीको सहभागिता रहने छ ।
शीर्ष तीन स्थान हात रहने टिम, उत्कृष्ट खेलाडी र अनुशासित टिमलाई नगद पुरस्कार प्रदान गरिने छ । एकदिने प्रतियोगिताका खेलहरु कौशल्टारस्थित ह्वाइट प्यालेस बैंक्युटमा हुने छ ।
March 24, 2025
एजेन्सी – दिल्ली क्यापिटल्सले रोमाञ्चक खेलमा लखनउ सुपर जाइन्ट्सलाई १ विकेटले हराउँदै इण्डियन प्रिमियर लिग (आइपिएल) मा सोमवार विजयी सुरुवात गरेको छ। दिल्लीको जितमा आशुतोष शर्मा नायक बने। जितको लागि २ सय १० रनको लक्ष्य पछ्याएको दिल्लीले १९.३ ओभरमा ९ विकेट गुमाउँदै जित हात पार्यो। दिल्लीको सुरुवात अत्यन्तै खराब रह्यो । मात्र ७ रन जोड्दा […]
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]