default_image

3 years ago

March 17, 2022

लिटल फ्लावर र स्टेपिङ स्टोन उपाधिका लागि भिड्ने

83 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा जारी मेयर धनगढी प्याब्सन कप विद्यालय स्तरीय क्रिकेट प्रतियोगिताको उपाधिका लागि लिटल फ्लावर स्कुल र स्टेपिङ स्टोन भिड्ने भएका छन् । सेमिफाईनलमा जितका साथ फाइनलमा स्थान बनाएका हुन् ।


बिहीबार भएको पहिलो सेमिफाइनलमा स्टेपिङ स्टोनले एरिष्टो स्कुललाई ९ विकेटले पराजित गर्यो । पहिला ब्याटिङ गरेको एरिष्टोले १६.१ ओभरमा ६९ रनमा अल आउट भयो । ७० रनको लक्ष्य १ विकेट गुमाएर पूरा गर्यो ।

दोस्रो सेमिफाइनलमा लिटल फ्लावरले पञ्चोदय माविमाथि १९ रनले हराउँदै फाइनलमा स्थान बनायो । पपहिला ब्याटिङ गर्दै लिटल फ्लावरले २० ओभरमा ७ विकेट क्षतिमा १ सय ३९ रन बनाएको थियो । १ सय ४० रनको विजयी लक्ष्य पछ्याएको पञ्चोदय १९.५ ओभरमा ओभरमा १ सय २० रनमा अल आउट भयो ।

धनगढीको प्रदेश प्रहरी कार्यालयको मैदानमा जारी प्रतियोगिता फाइनल शुक्रबार हुने । प्रतियोगितामा धनगढी नगर क्षेत्रका २० वटा निजी र सामुदायिक विद्यालयहरूको सहभागिता छ ।

December 18, 2024

भारत र अस्ट्रेलियाबीचको टेस्ट बराबरीमा

एजेन्सी – भारत र अस्ट्रेलियाबीचको बोर्डर गावास्कर ट्रफी अन्तर्गतको तेस्रो टेस्टमा बराबरीमा सकिएको छ । तेस्रो टेस्टमा अस्ट्रेलियाले जितका लागि दिएको २ सय ७५ रनको लक्ष्य पछ्याउने क्रममा पाँचौं तथा अन्तिम दिन बुधवारको खेल वर्षाका कारण हुन सम्भव भएन । पहिलो इनिङमा अस्ट्रेलियाले भारतविरुद्ध १ सय ८५ रनको अग्रता लिएको थियो । दोस्रो इनिङमा ८९ […]

December 13, 2024

विराटनगरले टस जित्यो

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा शुक्रवारको दोस्रो खेलमा विराटनगर किंग्सले टस जितेको छ । टियु क्रिकेट मैदान कीर्तिपुरमा भएको टस जित्दै विराटनगरका कप्तान सन्दीप लामिछाने ब्याटिङ रोजेका हुन् ।

December 12, 2024

युएईका अलराउन्डर हमिद चितवनमा अनुबन्ध

काठमाडौं(हाम्रो खेलकुद) – चितवन राइनोजले युएईका अलराउन्डर बासिल हमिदलाई बाँकी रहेको नेपाल प्रिमियर लिग(एनपिएल) को लागि टोलीमा भित्र्याएको छ । विदेशी खेलाडीका रुपमा चितवनले हमिदलाई टोलीमा भित्र्याएको बिहीवार जनाएको छ । हमिदले युएईको लागि निरन्तर प्रभाव पार्दै आएका छन् । उनले टी ट्वान्टीमा ७० खेल्दै ८ सय ५८ रन बनाउनुको साथै ३८ विकेट लिएका छन् […]

Success

Thank you for your time.