default_image

3 years ago

March 17, 2022

कप्तान अरुणा र अभिनेता शाक्य बिच भलिबलको सद्भावना दुत

173 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही र अभिनेता धिरेन शाक्यलाई यसै महिना पाल्पाको रानीमहलमा आयोजना हुने ‘सञ्जय मेमोरियल राष्ट्रिय महिला बिच भलिबल’ प्रतियोगिताको सद्भावना दुतमा नियुक्त गरिएको छ ।

बिच भलिबल पाल्पाको तानसेनस्थित रानीमहलमा चैत २४, २५ र २६ गते आयोजना हुदैछ । फाउन्डेसनको कार्यसमिति बैठकले प्रतियोगितालाई सफल बनाउन शाही र शाक्यलाई प्रतियोगिताको सद्भावना दुतमा नियुक्त गरेको जनाएको छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा ख्याती कमाउन सफल शाही र शाक्यको नियुक्तिले प्रतियोगितालाई सफल बनाउन थप सहयोग पुग्ने विश्वास फाउन्डेसनले लिएको छ ।

साथै, यस प्रतियोगिताको सफल आयोजना र सञ्चालनका लागि पूर्व गभर्नर चिरन्जिवी नेपालको संरक्षकत्वमा २३ सदस्यीय मुल आयोजक समिति गठन गरिएको छ । समितिमा फाउन्डेसनका पदाधिकारी, काठमाडौंसहित पाल्पामा रहेका प्रतिष्ठित सामाजिक ब्यक्तित्व र संघ संस्था आयोजक समितिका सदस्य छन् ।

आयोजक समितिमा उद्योग वाणिज्य संघ पाल्पा, पाल्पा व्यापार संघ, होटल संघ, खेलकुद विकास समिति, महिला उद्यमी संघहरु लगायत विभिन्न संस्था रहेका छन् ।

पाल्पाका राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले, राप्रपा, नेकपा माओवादी, राजमो लगायतका दलहरुलाई समावेश गरी सल्लाहकार समिति गठन गर्दै नेपाल भलिवल संघका सल्लाहकार नारायण शर्मालाई यस प्रतियोगिताको आयोजक कमिटिको सल्लाहकारमा मनोनित गरिएको छ ।

प्रतियोगिता आयोजना स्थल पाल्पामा आवश्यक संयोजन र व्यवस्थापनका लागि पाल्पा उद्योग वाणिज्य संघलाई जिम्मेवारी तोकिएको छ । तीन वटा विभागीय टिम र सात प्रदेशका टिमलाई समावेश गर्दै आयोजना गर्न लागिएको प्रतियोगितामा राष्ट्रिय स्तरका खेलाडी समावेश हुनेछन् ।

बिच भलिबलको माध्यमबाट पाल्पाको रानीमहलको पर्यटन प्रबद्र्धन र विकास गर्ने उद्धेश्यले आयोजना गर्न लागिएको प्रतियोगिताको तयारी तिव्र गतिमा अघि बढेको आयेजकले जनाकारी गराएको छ ।

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

Success

Thank you for your time.