default_image

3 years ago

March 16, 2022

टिकापुरलाई एसपिए कप महिला भलिबल उपाधि

163 views

0 Bookmark

धनगढी (हाम्रा खेलकुद) – टिकापुर बहुमुखी क्याम्पसले चौथो मेयर एसपिए कप महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । आयोजक सुदूरपश्चिमाञ्चल क्याम्पसलाई पराजित गर्दै टिकापुरले उपाधि जितेको हो ।

उपाधिसँगै टिकापुर बहुमुखी क्याम्पसले ५० हजार रुपैयाँ नगद पुरस्कार पाएको छ । उपविजेता सुदूरपश्चिमाञ्चल क्याम्पसले २५ हजार पाएको छ । कान्तिराज्यलक्ष्मी मावि पहलमानपुरलाई हराएर अत्तरियाको दुर्गालक्ष्मी तेस्रो भएको छ । दुर्गालक्ष्मीले १२ हजार तथा हात पारेको छ ।

धनगढी उपमहानगरका खेलकुद संयोजक तथा वडा नम्बर ४ का वडाध्यक्ष दिपक थापाले विजेता, उपविजेता र तेश्रो भएका टिमहरुलाई पुरस्कृत गरे । टिकापुरकी अनुषा चौधरी प्रतियोगिताकी सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छन् ।

फागुन ३० गतेदेखि शुरु भएको प्रतियोगितामा कैलाली जिल्लाका ९ वटा टिम सहभागी थिए । समापन तथा पुरस्कार वितरण समारोहमा क्याम्पसका प्रबन्ध निर्देशक सुवाश शाही, क्याम्पस प्रमुख योगराज उपाध्याय, क्याम्पसका खेल प्रशिक्षक भागिराम बखरिया लगायतको उपस्थिति थियो ।

February 9, 2025

क्यान, एन्फासहित ३४ संघद्वारा सदस्य सचिवको कार्यकक्ष तोडफोडको भर्त्सना

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप) मा दर्ता राष्ट्रिय संघ मध्ये ३४ संघले राखेप सदस्य सचिवको कार्यकक्षमा भएको तोडफोडको संयुक्त रुपमा विरोध गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान), अखिल नेपाल फुटबल संघ (एन्फा), नेपाल तेक्वान्दो र नेपाल भलिबल संघसहित ३४ सँघले शनिवार संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना गरेका छन्। ‘वार्ता, […]

January 30, 2025

ख्वाजाको दोहोरो शतकमा अस्ट्रेलियाको विशाल योगफल

एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको‌ योगदान […]

January 30, 2025

कुशलको टोलीले दीपेन्द्रको टिमलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]

Success

Thank you for your time.