3 years ago
March 15, 2022
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं जिल्ला टेबलटेनिस संघको आयोजनामा ११औं पुर्णमान वज्राचार्य स्मृति केबी साम राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिता चैत २१ गतेदेखि हुने भएको छ ।
कोरोना भाइरसको तेश्रो लहरका कारण स्थगित प्रतियोगिता चैत २१ गतेदेखि हुन लागेको हो । यसअघि प्रतियोगिता माघ १ देखि ८ गतेसम्म हुने तय भएको थियो ।
केबी साम अल्मुनियम इन्डस्ट्रिज प्रा.लि. को मुख्य प्रायोजनमा हुन लागेको प्रतियोयिगतामा विभिन्न ३४ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक संघका अध्यक्ष समेत रहेका स्व. पूर्णमानका छोरा धम्रमानले जनाएका छन् ।
‘सबैका लागि टेबलटेनिस’ भन्ने नारा साथ हुन लागेको प्रतियोगिता लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा चैत २६ गतेसम्म हुने छ ।
March 17, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- अमेरिकामा सामाजिक कार्य गर्न स्थापित वन स्टेप फाउन्डेसन र नेपालगन्ज म्याराथन बीच किशोरी खेलाडीलाई दौडमार्फत मुल धारमा ल्याउने सम्बन्धमा सम्झौता भएको छ । समाजमा पिछडिएका र आर्थिक अवस्था कमजोर रहेका मुस्लिम, मधेसी, दलित, जनजाति समुदायका किशोरीलाई दौडमार्फत एउटै मञ्चमा ल्याई उनीहरुलाई सशक्तीकरण गराउन दुई संस्थाबीच सम्झौता भएको हो । सम्झौतापत्रमा वन स्टेप […]
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]