3 years ago
March 12, 2022
दिक्षान्स खड्का, हेटौंडा
प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिताको शनिबार उद्घाटन भएको छ । भव्य कार्यक्रमकाबीच बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले प्रतियोगिताको उद्घाटन गरे । मुख्यमन्त्री पाण्डेले ओलम्पिक टर्च बालेर दक्षिण एसियाली खेलकुद (साग) का कीर्तिमान धावक ओलम्पियन बैकुण्ठ मानन्धर हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गरे ।
प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको आयोजनामा भएको प्रतियोगिता प्रतियोगितामा नेपाल आर्मी, नेपाल प्रहरीको व्याण्ड सहितको प्रस्तुती, विद्यार्थीहरुद्धारा ड्रिल प्रदर्शन, अतिसबाजी, मार्सल आट्र्स डेमो, विभिन्न तामाङ, नेवाः, थारु समुदायले आफ्नो झाँकी तथा खैजेडी र पञ्चेबाजाको साँस्कृतिक कार्यक्रमहरु प्रदर्शन गरिएको थियो ।
हेटौंडाको क्याम्पाचौर रंगशालामा भएको उद्घाटन शत्र बागमती प्रदेश युवा तथा खेलकुद मन्त्री रत्न प्रसाद ढकालको अध्यक्षतामा भएको हो । प्रतियोगिता अन्र्तगत आईतबार पुरुष तर्फको फुटबल सुरु हुनेछ । पहिलो खेल समूह (ख) का चितवन र ललितपुरबीच हुने परिषदले जनाएको छ । खेल नकआउट चरणमा हुनेछ ।
प्रतियोगितामा फुटबल, ब्याडमिन्टन, क्रिकेट, तेक्वान्दो, भलिबल, कराते, एथलेटिक्स र बक्सिङ गरि ८ खेल समावेश छन् । खेल तालिका अनुसार मकवानपुरको हेटौंडाले ३ खे आयोजना हुनेछ । पिप्ले क्याम्पा रंगशालामा आइतबार पुरुष फुटबल हुनेछ । थानाभर्याङ कभर्डहलमा सोही दिनदेखि नै ब्याडमिन्टन हुनेछ ।
भुटनदेवी स्कुलमा चैत ५ देखि तेक्वान्दो हुनेछ । त्यस्तै चितवनमा फागुन ३० गते देखि भलिबल र क्रिकेट एकै साथ सुरु हुनेछन् । माडी खेल मैदानमा महिला तथा पुरुष भलिबल र गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा महिला तथा पुरुष क्रिकेटका खेलहरु संचालन हुनेछन् ।
त्यस्तै काठमाडौको दशरथ रंगशालामा चैत ६ गते देखि एथलेटिक्स हुनेछ । समापनसहित दुई खेलको आयोजना गर्ने अवसर काभ्रेले पाएको छ । महिला फुटबल चैत ७ गते देखि धुलिखेल फुटबल मैदानमा शुरु हुनेछ । चैत ९ गते देखि काभ्रेपलाञ्चोकमा बक्सिङ हुनेछ । सिन्धुपालञ्चोकमा चैत ७ गते देखि कराते शुरु हुनेछ । प्रतियोगिताको समापन चैत १२ गते काभ्रेपलाञ्चोकमा हुनेछ ।
मुल आयोजक समितिका अलवा ६ वटा उपसमिति र ८ वटा प्राविधिक समिति गठन गरिएको छ । प्रतियोगितामा महिलातर्फ ९ सय ३९ र पुरुषतर्फ १ हजार २ सय ४९ गरि कुल २ हजार १ सय ८८ खेलाडीले प्रतिस्पर्धा गर्ने प्रदेश खेलकुदले जनाएको छ ।
अफिसियल र निर्णायकको संख्या ४ सय ५६ रहने छ । प्रतियोगितामा करिब ८ करोड ४ लाख खर्च हुने अनुमान गरिएको छ । प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुनेट हुने टोलीले नगद, शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछन् भने प्रतियोगितामा सहभागी सबै खेलाडीको विमा गरिएको बताइएको छ ।
January 30, 2025
एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको योगदान […]
January 30, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]
January 27, 2025
एजेन्सी – अग्रता जोगाउन नसक्दा टोटनहम इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीसँग पराजित भएको छ । आइतवार राती भएको खेलमा टोटनहम लेस्टर सिटीसँग २-१ गोल अन्तरले पराजित भएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे । टोटनहमका लागि रिचार्लिसनले गोल गरे । खेलमा […]