default_image

3 years ago

March 12, 2022

खेलकुद महासंघ अन्तर्गत २७ खेलको आयोजक कमिटी गठन

155 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खेलकुद महासंघले विभिन्न २७ खेल संघहरुको घोषणा गरेको छ । शनिबार काठमाडौंमा सम्पन्न नेकोस खेल संघहरुको संयुक्त राष्ट्रिय भेलाले २७ खेलका राष्ट्रिय संघको आयोजक कमिटी बनाएको हो महासंघले जनाएको छ ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा गर्नका लागि खेलकुद क्षेत्रको महत्वपूर्ण योगदान रहेको बताएका छन् । नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा महासंघका इन्चार्ज गोकुल बास्कोटाले नेकपा एमालेका अन्य जनसंगठन जस्तो महासंघमा गुटबन्दी र समुहवाजी नभएको बताउँदै अबका दिनमा झन सशक्त र मजबुत भएर पार्टीको मूल सिद्धान्त सफल बनाउन लाग्नुपर्ने धारणा राखेका थिए ।

कुनै नेता विशेषको घरदैलो धाउने भन्दा महासंघका काम र योजनालाई लिएर अगाडी बढे मात्र खेलकुद महासंघको मूल मर्म सफल हुने बताउँदै बास्कोटाले पार्टीलाई दबाब र प्रभाव पार्ने खालका योजना र मुद्दा अगाडी सार्न इन्चार्ज गोकुल बास्कोटाले निर्देशन समेत दिएका थिए ।महासंघका पूर्व अध्यक्ष समेत रहेका नेकपा एमालेका केन्द्रिय सदस्य एवं महासंघका सहईन्चार्ज रमेशकुमार पौडेलले खेलाडीहरुलाई समयानुकुल वैज्ञानिक प्रशिक्षणका साथै उनीहरुको भत्ता तथा निवृत्तिभरणका सवाललाई खेलकुद महासंघ र महासंघ अन्र्तगतका राष्ट्रिय खेल संघहरुले मूल मुद्दा बनाउनुपर्ने कुरामा जोड दिए ।

त्यस्तै महासंघका संयोजक कृष्ण बस्नेत (पर्शुराम) ले खेलकुद महासंघको नीति अनुरुप पहिलो चरणमा २७ वटा खेलका राष्ट्रिय संघ बनाइएको र आवश्यकता अनुसार अन्य खेलक्षेत्रका खेलाडी तथा अफिसियलहरुलाई समेटी थप खेल संघ बिस्तार गरिने बताए । बस्नेतले महासंले खेल सम्बन्धि सम्पूर्ण गतिविधि सम्बन्धित खेल संघ मार्फत गरी देशव्यापी रुपमा खेलाडी उत्पादन गर्ने कुरालाई प्राथमिकता दिईने बताए ।

राष्ट्रिय संघ आयोजक कमिटीमा फुटबलमा धिरेन्द्र प्रधानको अध्यक्षतामा ३७ सदस्यीय फुटबल संघ, यामबहादुर गुरुङको अध्यक्षतामा ३५ सदस्यीय भलिबल, उदय अर्यालको अध्यक्षतामा १६ सदस्यीय ब्याडमिन्टन, प्रनीर अधिकारको अध्यक्षतामा बक्सिङ १७ सदस्यीय बक्सिङ ,विप्लव घोषको अध्यक्षतामा २९ सदस्यीय, जुमप्रसाद गुरुङको संयोजकत्वमा ११ सदस्यीय बास्केटबल , सूर्य बुढाथोकीको अध्यक्षतामा २३ सदस्यीय फुलकन्ट्याक्ट, देवकुमार लामाको अध्यक्षतामा ३१ सदस्यीय कराते, हिराबहादुर थापाको अध्यक्षतामा २५ सदस्यीय तेक्वान्दो, अनिरुद्ध कुमार चौधरीको अध्यक्षतामा १८ सदस्यीय एथलेटिक्स, दीपक न्यौपानेको अध्यक्षतामा २१ सदस्यीय बेसबल, श्याम व्यञ्जनकारको अध्यक्षतामा २६ सदस्यीय बुद्धिचाल, कमल तामाङको अध्यक्षतामा १० सदस्यीय रिङ रेस्लिङ संघ गठन भएको छ ।

त्यस्तै आनन्द सागर योगल श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय रग्बी , शम्भु पौडेलको अध्यक्षतामा १८ सदस्यीय ह्यान्डबल, रेनुका श्रेष्ठको अध्यक्षतामा १९ सदस्यीय शारीरिक सुगठन तथा फिटनेस, प्रकाश कपुरीको अध्यक्षतामा ५ सदस्यीय मोटर स्पोर्टस्, धर्ममान बज्राचार्यको अध्यक्षतामा १३ सदस्यीय टेबल टेनिस, शिवजी गुप्ताको अध्यक्षतामा २३ सदस्यीय कबड्डी, नरेन्द्र आरसीको अध्यक्षतामा १४ सदस्यीय विश्वविद्यालय, शान्तामाया परियारको अध्यक्षतामा १९ सदस्यीय स्की, सूर्यबहादुर भट्टराईको अध्यक्षतामा १८ सदस्यीय टगअफ वार, वसन्तराज दवाडीको अध्यक्षतामा ९ सदस्यीय प्याराग्लाइडिङ, डिबी रानापालको अध्यक्षतामा २२ सदस्यीय सेल्फ डिफेन्स, रमेश नरालको अध्यक्षतामा २२ सदस्यीय कम्पो खुुकुरी मार्सल आर्टस, उद्धव थापाको संयोजकत्वमा फुङ्फु संघ गठन भएको छ । आइटिफएफ तेक्वान्दो संघको भने यसअघि नै गठन भइसकेको महासंघले जनाएको छ।

February 9, 2025

क्यान, एन्फासहित ३४ संघद्वारा सदस्य सचिवको कार्यकक्ष तोडफोडको भर्त्सना

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप) मा दर्ता राष्ट्रिय संघ मध्ये ३४ संघले राखेप सदस्य सचिवको कार्यकक्षमा भएको तोडफोडको संयुक्त रुपमा विरोध गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान), अखिल नेपाल फुटबल संघ (एन्फा), नेपाल तेक्वान्दो र नेपाल भलिबल संघसहित ३४ सँघले शनिवार संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना गरेका छन्। ‘वार्ता, […]

January 30, 2025

ख्वाजाको दोहोरो शतकमा अस्ट्रेलियाको विशाल योगफल

एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको‌ योगदान […]

January 30, 2025

कुशलको टोलीले दीपेन्द्रको टिमलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]

Success

Thank you for your time.