3 years ago
March 11, 2022
काठमाडौं (हाम्रो खेलकुद) – बुढानिलकण्ठ उमा कुङफु शाखाको आयोजनामा हुने बुढानिलकण्ठ नगरस्तरीय उमा कुङफु प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ ।
एकदिने प्रतियोगिता शनिबार बुढानिलकण्ठ नगरपालिकाको कपनमा हुँदै छ । बुढानिलकण्ठ नगरपालिकाको मुख्य प्रायोजनमा हुन लागेको प्रतियोगितामा १ सय ३५ खेलाडीको सहभागिता रहने आयोजक शाखाका प्रमुख अस्मिन चौधरीले जनाएका छन् ।
नेपाल उमा कुङफु संघको प्राविधिक सहयोगमा हुन लागेको प्रतियोगिताको पुरुष-महिलामा समान २० स्पर्धामा प्रतिस्पर्धा हुने छ । सर्वाधिक स्वर्ण जित्ने एक टिमलाई मात्र टिम च्याम्पियनको ट्रफी प्रदान गरिने छ । सान्डा र प्याटर्नमा १–१ पुरुष-महिला गरी ४ उत्कृष्ट खेलाडी चयन गरिने छ ।
उत्कृष्ट चारलाई नेपाल उमा कुङफु संघले चीनमा निशुल्क प्रशिक्षणका लागि पठाउने नेपाल उमा कुङफु संघका अध्यक्ष एवं अन्तर्राष्ट्रिय निर्णायक सिद्धार्थ लामाले जानकारी गराए ।
प्रतियोगिताको मुख्य जजमा नेपाल उमा कुङफु संघका वरिष्ठ उपाध्यक्ष एवं अन्तर्राष्ट्रिय निर्णायक सन्जीतकुमार राई रहेका छन् । पोइजन जिन्सका प्रोप्राइटर जनक कार्कीले अफिसियलका लागि पोशाक प्रायोजन गरिदिएका छन् ।
February 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप) मा दर्ता राष्ट्रिय संघ मध्ये ३४ संघले राखेप सदस्य सचिवको कार्यकक्षमा भएको तोडफोडको संयुक्त रुपमा विरोध गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान), अखिल नेपाल फुटबल संघ (एन्फा), नेपाल तेक्वान्दो र नेपाल भलिबल संघसहित ३४ सँघले शनिवार संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना गरेका छन्। ‘वार्ता, […]
January 30, 2025
एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको योगदान […]
January 30, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]