default_image

3 years ago

March 11, 2022

दिनेश सम्मानित

66 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – दिनेश सुनार अमेरिकामा सम्मानित भएका छन् । पार्कर साथै जिम्याष्टिक खेल क्षेत्रमा गरेको संघर्ष, योगदान र उपलब्धीको मुल्यांकन गर्दै अमेरिकाको वासिङटन डिसीस्थित नेपाली दूतावासले दिनेशलाई सम्मान गरेको हो ।

कार्यवाहक राजदूत कुमार खरेलले दिनेशलाई प्रशंसा पत्र प्रदान गरी सम्मान गरे । द मोस्ट स्टेन्डिङ फुल टुयिस्ट ब्याकफ्लिप्स इन ३० सेकेन्ड इज १२ मा विश्व कीर्तिमान बनाएका दिनेश सन् २०२२ को जनवरी १ मा चेन्ज मेकर्स अवार्ड, अमेरिका, २०२१ को डिसेम्बर ३१ मा ग्लोबल इम्पावरमेन्ट अवार्ड, भारत तथा २०२२ को जनवरी ६ मा इन्डिया स्टार रिपब्लिक अवार्ड, भारतबाट पुरस्कृत भएका थिए ।

February 9, 2025

क्यान, एन्फासहित ३४ संघद्वारा सदस्य सचिवको कार्यकक्ष तोडफोडको भर्त्सना

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप) मा दर्ता राष्ट्रिय संघ मध्ये ३४ संघले राखेप सदस्य सचिवको कार्यकक्षमा भएको तोडफोडको संयुक्त रुपमा विरोध गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान), अखिल नेपाल फुटबल संघ (एन्फा), नेपाल तेक्वान्दो र नेपाल भलिबल संघसहित ३४ सँघले शनिवार संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना गरेका छन्। ‘वार्ता, […]

January 30, 2025

ख्वाजाको दोहोरो शतकमा अस्ट्रेलियाको विशाल योगफल

एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको‌ योगदान […]

January 30, 2025

कुशलको टोलीले दीपेन्द्रको टिमलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]

Success

Thank you for your time.