default_image

3 years ago

March 11, 2022

आङ छिरिङ शेर्पा स्मृति गल्फमा फुयाँलको अग्रता

226 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो आङ छिरिङ शेर्पा स्मृतिको गल्फ प्रतियोगिताको पहिलो दिनमा रविन फुयाँलले अग्रता लिएका छन् । उनी १७ ह्याण्डीक्यापमा खेल्दै ४३ अंक बटुलेर अग्रस्थानमा रहेका हुन् ।

दुई दिने प्रतियोगितामा उनका निकटतम प्रतिद्वन्द्वी निष्कर्ष बहादुर घले ४१ अंकाका साथ दोस्रो स्थानमा रहेका छन् । बेस्ट ग्रसतर्फ मिथुन राई ३२ ग्रस अंकका साथ अग्रस्थानमा छन् । त्यसैगरी माधव सिम्खडा ३० ग्रस अंक जोड्दै ग्रसतर्फ दोस्रो स्थानमा रहेका छन् । महिलातर्फ ३४ अंकका साथ गिता गुरुङ अग्रतामा रहँदा ३१ अंकका साथ प्रतिभा राईले पछ्याइरहेका छन् ।

सिनियर्सतर्फ सहायक रथी दिलिप रायमाझीले ३६ अंक ल्याई अग्रतामा रहँदा सोही विधामा दोस्रो स्थानमा ३५ अंकको साथमा हेमन्त कोलाक्षपति छन् । जुनियर्सतर्फ आइस्टिना टण्डनले १० अंकका साथ अग्रता कायम गरेकी छिन् । आशय ढुङ्गाना लङ्गेस्ट ड्राइभतर्फ तथा तारा कार्की चित्रकार क्लोजेस्ट टु द पिनतर्फ अग्रस्थानमा छन् । पेम्बा शेर्पा मोस्ट बर्डीतर्फ अग्रता लिएको छ । प्रतियोगिता स्टेबलफोर्ड फरम्याट ३÷४ ह्याण्डीक्यापमा खेलाइएको छ ।

यती एअरलाइन्स र तारा एअरले आयोजना गरेको प्रतियोगिताको शुभारम्भ यती एअरलाइन्सकी प्रबन्ध निर्देशक तथा स्व. आङ छिरिङ शेर्पाकी श्रीमती चन्दा शेर्पाले गरिन् । प्रतियोगितामा पहिलो दिन ६८ जनाले तथा दोस्रो दिन ९० जना सहभागी हुने यती एअरलाइन्सका प्रमुख सुरक्षा अधिकृत तथा प्रवक्ता सुदर्शन बर्ताैलाले जानकारी गराए ।

April 9, 2025

राजस्थानलाई प्रतिस्पर्धात्मक चुनौती

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई जितको लागि २ सय १८ रनको चुनौति दिएको छ। नरेन्द्र मोदी स्टेडियममा टस जितेर राजस्थानले गुजरातलाई ब्याटिङको लागि उतार्यो। गुजरातले २० ओभरमा ६ विकेट गुमाउँदै २ सय १७ रनको योगफल बनायो। ओपनर शुभमन गिल २ रनमा जोफ्रा आर्चरको बलमा आउट भए। यसपछि ओपनर […]

April 9, 2025

गल्कोट कप भलिबलको पुरस्कारमा वृद्धि

सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा बैशाख पहिलो साता आयोजना हुने तेस्रो संस्करणको गल्कोट कप पुरुष भलिबल प्रतियोगिताको पुरस्कार राशिमा बृद्धि गरिएकाे छ । आयोजक गल्कोट समाज अष्ट्रेलियाले गत वर्षको तुलनामा यसपटक पुरस्कार राशिमा बृद्धि गरिएको जानकारी गराएको छ । प्रथम पुरस्कारमा १ हजार ३५ अष्ट्रेलियन डलर र दोस्रो पुरस्कारमा ५ सय २० अष्ट्रेलियन डलर […]

April 9, 2025

विपना र अरहान्त वरीयताको शीर्षस्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय च्याम्पियन विपना ब्लोन र अरहान्त केशर सिंह आगामी वर्ष २०८२ काे अन्त्यसम्मको लागि स्क्वासको शीर्ष वरीयतामा उक्लन सफल भएका छन् । विपना दोस्रो वरीयताबाट शीर्षस्थानमा उक्लदा अरहान्त भने शीर्षस्थानमा यथावत रहन सफल भएका हुन् । अब यो वरीयता २०८२ को चैतसम्म हुने छ । याे राउन्ड राेविन लिग एनएसआरए राष्ट्रिय […]

Success

Thank you for your time.