default_image

3 years ago

March 11, 2022

स्वस्तिश्री गुरुकुललाई न्यु एरा कप फुटसलको उपाधि

337 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – स्वस्तिश्री गुरुकुल स्कुलले न्यु एरा कप अन्तर विद्यालय फुटसल प्रतियोगिताको उपाधि जितेको छ । स्वस्तिश्री गुरुकुलले माउन्ट ग्लोरी स्कुललाई पेनाल्टीमा ३–२ ले पराजित गर्दै उपाधि जित्न सफल भएको हो ।

मनमैजुस्थित एन्जल्स स्पोर्ट्स एकेडेमीको फुटसल कोर्टमा शुक्रबार भएको फाइनलको निर्धारित समयमा १–१ गोलको बराबरीपछि पेनाल्टीमा स्वस्तिश्रीले बाजी मारेको हो । च्याम्पियन बनेसँगै स्वस्तिश्रीले आकर्षक शिल्ड र मेडल प्राप्त गरेको छ ।

दोस्रो भएको माउन्ट ग्लोरीले पनि शिल्ड र मेडल प्राप्त ग¥यो । सेक्रेट हार्टलाई पराजित गर्दै सामाखुशी इंग्लिस बोर्डिङ स्कुल (सेव) तेस्रो भयो । स्वच्छ प्रतिस्पर्धाका लागि भएका कारण सुरुवाती संस्करणमा पुरस्कार नराखिएको आयोजक न्यु एरा एकेडेमीका प्रिन्सिपल राजेश रायमाझीले बताए ।

सेक्रेट हार्टका सन्तोष मोक्तान प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए । प्रगति बोर्डिङ स्कुलका अर्भिन लम्साल उदियमान खेलाडी चुनिए । च्याम्पियन स्वस्तिश्री गुरुकुलका विदुङ श्रेष्ठ उत्कृष्ट गोलरक्षक चुनिए । उनले फाइनलमा पेनाल्टी बचाएका थिए । उनीहरुले ट्रफी प्राप्त गरे ।विद्या संस्कार स्कुलले प्रतियोगिताको फेयर प्लेको ट्रफी जित्न सफल भयो ।

प्रतियोगिताको विजयी टोली तथा खेलाडीलाई न्यु एरा एकेडेमीका अध्यक्ष राजकुमार कुँवर, हिमरश्मीका लोकेन्द्र बहादुर खड्का, एन्जल्स हार्टका प्रिन्सिपल धन बहादुर पुन, स्वस्तिश्री गुरुकुलका प्रवन्ध निर्देशक मिना महर्जन, बात्सल्य किन्नरा स्कुलका प्रिन्सिपल निर्मला सिलवाल र न्युर एराका प्रिन्सिपल राजेश रायमाझीलगायतले पुरस्कृत गरे ।

तारकेश्वर नगरपालिका ८ हिलेडोलमा रहेको न्यु इरा एकेडेमीको आयोजनामा २५ फागुनबाट शुरु भएको प्रतियोगितामा विभिन्न २५ स्कुलको सहभागिता रहेको थियो । सहभागी टोलीलाई ८ समूहमा विभाजन गरी लिग कम नकआउटको आधारमा प्रतिस्पर्धा गराइएको थियो । पहिलो र दोस्रो लिन लिग चरणका तथा अन्तिम दिन प्रि–क्वाटरदेखि फाइनलसम्मको खेल भएको थियो ।

February 9, 2025

क्यान, एन्फासहित ३४ संघद्वारा सदस्य सचिवको कार्यकक्ष तोडफोडको भर्त्सना

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप) मा दर्ता राष्ट्रिय संघ मध्ये ३४ संघले राखेप सदस्य सचिवको कार्यकक्षमा भएको तोडफोडको संयुक्त रुपमा विरोध गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान), अखिल नेपाल फुटबल संघ (एन्फा), नेपाल तेक्वान्दो र नेपाल भलिबल संघसहित ३४ सँघले शनिवार संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना गरेका छन्। ‘वार्ता, […]

January 30, 2025

ख्वाजाको दोहोरो शतकमा अस्ट्रेलियाको विशाल योगफल

एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको‌ योगदान […]

January 30, 2025

कुशलको टोलीले दीपेन्द्रको टिमलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]

Success

Thank you for your time.