3 years ago
March 10, 2022
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लबले १९औं ह्वाइट वाटर च्यालेन्जअन्तर्गत ¥याफ्टिङ च्याम्पियनसिपको उपाधि जितेको छ ।
धादिङको त्रिशुली नदीमा भएको च्याम्पियनसिपमा आर्मीले स्प्रिन्टमा एक सय, हेड टुहेडमा दुई सय र स्लालममा तीन सय एकसहित उपाधि जितेको हो ।
च्याम्पियनसिपमा नेपाल कायक क्लब दोस्रो र ह्वाइट वाटर नेपालले तेस्रो स्थान हात पा¥यो । कायक क्लबले स्प्रिन्टमा ९२, हेड टु हेडमा एक सय ७२ र स्लालममा तीन सय ५० अंक बटुल्यो । ह्वाइट वाटर नेपालले स्प्रिन्टमा ८६, हेड टु हेडमा एक सय ६४ र स्लालममा दुई ७६ अंक बटुल्यो ।
यसैगरी कायक च्याम्पियनसिपमा डम्बरबहादुर पूर्वछानेले पहिलो स्थान हात पारे । यसैगरी मानबहादुर कँडेल दोस्रो र मोहन रानाले तेस्रो स्थान ओगटे । नेपाल ¥याफ्टिङ एन्ड क्यानोइङ संघको आयोजनामा भएको प्रतियोगिताको महिलातर्फको कायक च्याम्पियनसिपमा सुष्मा खडेट पहिलो र सुधा राईले दोस्रो स्थान हात पारे ।
च्याम्पियनसिपमा दुई महिला खेलाडीले मात्रै सहभागिता जनाएका थिए । यसैगरी कायक स्लालम च्याम्पियनसिपमा मोहन रानाले पहिलो स्थान हात पारे । प्रमोद गुरुङले दोस्रो र सुजन तामाङ तेस्रो भए ।
प्रतियोगिताका विजेतालाई युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज, युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मी, राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्यसचिव कुलबहादुर थापा, नेपाल ¥याफ्टिङ एन्ड क्यानोइङ संघका अध्यक्ष राजीव श्रेष्ठलगायतले पुरस्कार प्रदान गरेका थिए ।
February 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप) मा दर्ता राष्ट्रिय संघ मध्ये ३४ संघले राखेप सदस्य सचिवको कार्यकक्षमा भएको तोडफोडको संयुक्त रुपमा विरोध गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान), अखिल नेपाल फुटबल संघ (एन्फा), नेपाल तेक्वान्दो र नेपाल भलिबल संघसहित ३४ सँघले शनिवार संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना गरेका छन्। ‘वार्ता, […]
January 30, 2025
एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको योगदान […]
January 30, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]