3 years ago
March 10, 2022
काठमाडौं (हाम्रो खेलकुद) – सिद्धार्थ रंगशालामा जारी रुपन्देही सुपर लिग ए डिभिजन लिग क्रिकेट प्रतियोगितामा तिलोत्तमा क्रिकेट क्लबले बुद्ध क्रिकेट क्लबलाई ८१ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ थालेको तिलोत्तमाले ४८.४ ओभरमा १ सय ९९ रनमा अल आउट भएको थियो ।
तिलोत्तमका लागि नेपाल एपिएफ क्लबका अलराउन्डर समेत रहेका अमरसिंह राउटेलाले ६२ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ५२ रन बनाए । भुवन गैरले ७७ बलमा ६ चौकासहित ४८ र याम क्षेत्री ३० रनमा आउट भए । बुद्धका अमितले सर्वाधिक तीन विकेट लिए । विपिन खत्री, सुवास भण्डारी र अजय त्रिपाठीले २-२ विकेट लिए ।
२ सय रनको विजयी लक्ष्य पछ्याएको बुद्ध २९.१ ओभरमा १ सय १८ रनमा अल आउट भयो । बुद्धका लागि सलिम अलीले २१ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ३३ रन बनाए । विपिन खत्रीले १९ रन अजय १३ रनमा आउट भए । तिलोत्तमका अमरसिंह राउटेलाले ६.१ ओभरमा १ मेडनसहित ११ रन खर्चेर ४ विकेट लिए । कृष्ण पराजुली, कृष्ण भुषाल र कृष्ण कार्कीले २-२ विकेट लिए ।
January 30, 2025
एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको योगदान […]
January 30, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]
January 27, 2025
एजेन्सी – अग्रता जोगाउन नसक्दा टोटनहम इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीसँग पराजित भएको छ । आइतवार राती भएको खेलमा टोटनहम लेस्टर सिटीसँग २-१ गोल अन्तरले पराजित भएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे । टोटनहमका लागि रिचार्लिसनले गोल गरे । खेलमा […]