3 years ago
March 10, 2022
काठमाडौं (हाम्रो खेलकुद) – राङखोला युवा क्लब र भंगारा युवा क्लब दसौं शिरशुभा÷गम्भीरसिंह गुरुङ स्मृति पुरुष भलिबल प्रतियोगितामा बिहीबार फाइनलमा प्रवेश गरेका छन् ।
स्व. शिरशुभा र गम्भीरसिंह गुरुङका छोरा तथा परिवारका सदस्यहरुद्वारा आयोजित प्रतियोगिताको सेमिफाइनलमा राङखोलाले खेवाङ युवा क्लबलाई २३–२५, २५–२२, २५–१५ र २५–१७ को सेटमा पराजित ग¥यो । विजेताका दर्शन गुरुङ ‘म्यान अफ द म्याच’ घोषित भए ।
स्याङजाको सिरुवारीमा जारी प्रतियोगिताको अर्को सेमिफाइनलमा भंगाराले महाशिला युवा क्लबलाई २५–१८, २५–२० र २५–१४ को सोझो सेटमा हरायो । भंगाराका सुदीप गुरुङ र राजकुमार नेपाली ‘म्यान अफ द म्याच’ चुनिए । फाइनलमा शुक्रबार हुने छ । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १ लाख, ५० हजार र २५ हजार नगद पुरस्कार पाउने छन् ।
त्यसअघि बिहीबारै भएको क्वाटरफाइनलमा खेवाङले आँधीखोलालाई २–१, राङखोलाले प्रगतिशिल युवा क्लबलाई २–०, महाशिलाले दरौ युवा क्लबलाई २–० तथा भंगाराले पञ्चमुल सिरुवारीलाई २–० को सेटमा पाखा लगाउदै सेमिफाइनलमा स्थान सुरक्षित गरेका थिए ।
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]