3 years ago
March 10, 2022
काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज र गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलबीच नवौं राष्ट्रिय खेलकुदका बारेमा छलफल भएको छ ।
सो अवसरमा आयोजक प्रदेश भएकाले पनि नवौं राष्ट्रिय खेलकुद सफलतापूर्वक सम्पन्न गर्न प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने मुख्यमन्त्री पोखरेलले प्रतिबद्धता जनाएका थिए ।
दुई पक्षबीच पोखरा रंगशालामा फ्लोडलाइट निर्माणलगायतका विषयमा छलफल भएको थियो । छलफलमा राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्य–सचिव कुलबहादुर थापालगायतको उपस्थिति रहेको थियो ।
November 24, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ओमान राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान जिशान मक्शुदलाई कर्णाली याक्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) का लागि अनुबन्ध गरेको छ । आइतबार कर्णालीले विदेशी खेलाडीका रुपमा मक्शुदलाई टोलीमा अनुबन्ध गराएको सामाजिक संजाल मार्फत सार्वजनिक गरेको छ । विदेशी खेलाडीमा कर्णालीले पाकिस्तानका हुसैन तलत, हङकङका बाबर हायात, वेस्ट इन्डिजका चाडविक वाल्टन तथा […]
November 23, 2024
एजेन्सी – इङ्लिस प्रिमियर लिगमा शनिवार चेल्सीले लेस्टर सिटीलाई २-१ ले पराजित गरेको छ। निकोलस ज्याक्सन र एन्जो फर्नान्डेजको गोल चेल्सी विजयी भएको हो। प्रिमियर लिगमा चेल्सीको यो सिजनमा यो छैटौं जित हो। किङ्स पावर स्टेडियममा चेल्सीले सुरुआतदेखि नै घरेलु टाेली लेस्टरमाथि दबदबा कायम राखेको थियो। १५औं मिनेटमै फर्नान्डेजकै क्रसमा ज्याक्सनको गोलमा चेल्सी अग्रता लियो । ७५औं मिनेटमा […]
November 22, 2024
काठमाडौं (हाम्रो खेलकुद)- फाल्डो जुनियर टुर युरोप ग्रान्ड फाइनल २८औं संस्करणको यु-२१ तर्फको उपाधि विजेता नेपालका नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्य स्वदेश फर्किएका छन्। सदभावलाई त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा आज राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, नेपाल गल्फ संघका अध्यक्ष टासी घले तथा संघका पदाधिकारीहरुले स्वागत गरे। नेपाली खेलाडीले फाल्डो सिरिज अन्तर्गत ग्रान्ड फाइनलमा […]