8 years ago
December 1, 2016
काठमाडौं (हाम्रो खेलकुद) – आठौं डब्लुबीपीएफ विश्व शारीरिक सुगठन च्याम्पियनसिप शुक्रबार थाइल्यान्डको पतायामा सुरु हुनेछ । एक महिलासहित ४ नेपाली खेलाडीले प्रतियोगितामा विभिन्न ६ स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् । विश्व शारीरिक सुगठन तथा फिजिक्स स्पोर्ट्स महासंघ (डब्लुबीपीएफ) को तत्वावधान र थाइल्यान्ड शारीरिक सुगठन तथा स्पोर्ट्स फिजिक्स संघको आयोजना प्रतियोगिता सञ्चालन हुदैछ ।
शारीरिक सुगठनको पुरुष ६५ केजीमा अनिललाल श्रेष्ठ, स्पोर्ट्स फिजिक्स १७५ सेन्टीमिटर उचाइमा विनोद वज्राचार्य तथा फिटनेस फिजक्स र स्पोर्ट्स फिजिक्सको १७० सेन्टीमिटर उचाइमा विमललाल श्रेष्ठले नेपालको चुनौती पस्कने छन् । पाकिस्तानमा यसै वर्ष भएको दक्षिण एसियाली शारीरिक सुगठनमा कांस्य जितेका अनिललले मास्टर्स ४० वर्षमाथि पनि प्रतिस्पर्धा गर्नेछन् । विमलले छैटौं संस्करणको स्पोर्ट्स फिजिक्समा रजत जितेका थिए । विनोदको ‘डब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगिता हो ।
आठौं डब्लुबीपीएफ विश्व शारीरिक सुगठनमा सहभागी हुने खेलाडी बायाँबाट विनोद वज्राचार्य, अनिललाल श्रेष्ठ, ननिता महर्जन र विमललाल श्रेष्ठ ।
विमल र अनिलको खेल शुक्रबारै हुनेछ । विमलले शुक्रबार स्पोर्ट्स फिजिक्स तथा अनिलले ६५ केजी र मास्टर्स दुवैमा भाग लिनेछन् । शनिबार विनोद स्पोर्ट्स फिजिक्स र विमलले फिट्नेस फिजिक्समा खेल्नेछन् । महिलाको एथ्लेटिक फिजिक्स १७० सेन्टीमिटर उचाईसम्म ननिता महर्जनले भाग लिने छिन् । ननिताको प्रतिस्पर्धा भने प्रतियोगिताको अन्तिम दिन आइतबार हुनेछ । नेपाली शारीरिक सुगठनको इतिहासमा महिला खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन लागेको यो दोश्रो पटक हो । अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलो पटक प्रतिस्पर्धा गर्ने नेपाली महिला खेलाडी निर्मला महर्जन हुन् । निर्मलाले थाइल्यान्डको बैंककमै गत वर्ष भएको विश्व च्याम्पियनसिपको सातौं संस्करण तथा भुटानको थिम्पुमा भएको ५० औं एसियाली शारीरिक सुगठन च्याम्पियनसिपमा सहभागिता जनाएकी थिइन् ।
विमलसहित विश्व शारीरिक सुगठनमा तीन नेपाली खेलाडीले विभिन्न स्पर्धामा पदक जितेका छन् । दोश्रो संस्करणको शारीरिक सुगठनतर्फ ६५ केजीमा श्याम श्रेष्ठले कांस्य तथा सातौंको ५५ केजीमा रुजेश शाहीले रजत जितेका थिए । विश्व च्याम्पियनसिपमा नेपालले सुरुकै संस्करणदेखि नियमित रुपमा सहभागिता जनाउदै आएको छ ।
तीनदिने प्रतियोगितामा नेपालसहित ५६ राष्ट्रका खेलाडीले विभिन्न १५ स्पर्धामा आ–आफ्नो कौशल प्रदर्शन गर्नेछन् । अफ्गानिस्तान भिसाका कारण प्रतियोगितामा सहभागी हुन पाएन ।
यसैबीच डब्लुबीपीएफको बिहीबार बसेको साधारण सभाले यसअघिका अध्यक्ष काजाकिस्तान र महासचिव सिंगापुरका डातुक पाउल छोलाई नै निरन्तरता दिदै चार वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको छ । त्यस्तै साधारणसभाले विश्व च्याम्पियनसिपको नवौं संस्करण २०१७ को अक्टोबरमा मंगोलिया तथा एसिायली च्याम्पियनसिपको ५१ औं संस्करण २०१७ कै अगष्टमा दक्षिण कोरियामा गर्ने निर्णय पारित गरेको साधारणसभामा सहभागी नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका अध्यक्ष राजेशबाबु श्रेष्ठले जनाएका छन् ।
दुई नेपाली निर्णायक
नेपालका दुई अन्तर्राष्ट्रिय जज शुक्रबारदेखि सुरु हुने विश्व च्याम्पियनसिपको आठौं संस्करण सञ्चालन गर्ने निर्णायक मण्डलमा रहने छन् । सुनील राजकर्णिकार र पुष्पकुमार श्रेष्ठले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्न लागेका हुन् । डब्लुबीपीएफ अन्तर्राष्ट्रिय जजद्वयसंग यसअघि पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेको अनुभव छ । विश्व च्याम्पियनसिपको छैटौं (भारत) र सातौं (थाइल्यान्ड) संस्करणमा राजकर्णिकारले निर्णायकको भूमिका निर्वाह गरेका थिए । उनले भारतको मुम्बईमा भएको विश्व च्याम्पियनसिपका दौरान अन्तर्राष्ट्रिय जजको लाइसेन्स लिएका थिए ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]