3 years ago
March 10, 2022
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक न्यु एरा एकेडेमी ‘बी’ सँगै विद्या संस्कार स्कुल समूह विजेता बन्दै न्यु एरा कप अन्तर विद्यालय फुटसल प्रतियोगिताको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ । न्यु एरा समूह ‘एच’ को तथा विद्या संस्कार समूह ‘जी’ को विजेता बन्दै अन्तिम १६ मा पुग्न सफल भएको हो ।
मनमैजुस्थित एन्जल्स स्पोर्ट्स एकेडेमीको फुटसल कोर्टमा बिहीबार भएको खेलमा आयोजक न्यु एराले स्कलर्स होम एकेडेमीलाई २–१ ले तथा किड्स लर्निङ स्कुललाई १–० ले पराजित गर्दै समूह विजेता बनेको हो । यो समूहबाट किड्स लर्निङ समूह उपविजेता बन्दै अन्तिम नकआउट चरणमा पुग्न सफल भयो । किड्सले स्कलर्समाथि ३–२ को जित निकाल्न सफल भएको थियो ।
समूह ‘एच’ को विजेता बन्ने क्रममा विद्या संस्कारले सिर्जना ज्ञान सागर ‘बी’ लाई ३–१ को गोल अन्तरले तथा ल्यान्डमार्क एकेडेमीलाई ७–० को भारी अन्तरले पराजि ग¥यो । एक खेलमा सफलता हात पारेको सिर्जना समूह उपविजेता बन्यो । सिर्जनाले ल्यान्डमार्कलाई ३–० ले हराउन सफल भएको थियो ।
यस्तै समूह ‘बी’ बाट सिर्जना ज्ञान सागर ‘ए’ समूह विजेता तथा रोज मेरी आइडल समूह उपविजेता बन्यो । सिर्जनाले रोज मेरीलाई २–० ले तथा एन्जल्स हार्टलाई ५–० ले हरायो । रोजमेरीले एन्जल्सलाई ४–१ हराउँदै समूह उपविजेता बन्यो । समूह ‘ई’ बाट हिम रश्मी हाई स्कुल अघिल्लो चरणमा प्रवेश गरेको छ ।
योसँगै प्रतियोगिताको नकआउट समिकरण पूरा भएको छ । बुधबार ८ टोलीले प्रि–क्वाटरफाइनलमा स्थान बनाएका थिए । शुक्रबार नकआउटदेखि फाइनल र तेस्रो स्थानको खेल हुने आयोजकले जनाएको छ । तारकेश्वर नगरपालिका ८ हिलेडोलमा रहेको न्यु इरा एकेडेमीको आयोजनामा भइरहेको प्रतियोगितामा विभिन्न २५ स्कुलको सहभागिता रहेको छ ।
February 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप) मा दर्ता राष्ट्रिय संघ मध्ये ३४ संघले राखेप सदस्य सचिवको कार्यकक्षमा भएको तोडफोडको संयुक्त रुपमा विरोध गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान), अखिल नेपाल फुटबल संघ (एन्फा), नेपाल तेक्वान्दो र नेपाल भलिबल संघसहित ३४ सँघले शनिवार संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना गरेका छन्। ‘वार्ता, […]
January 30, 2025
एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको योगदान […]
January 30, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]