default_image

3 years ago

March 10, 2022

पारा तेक्वान्दो टोलीको बिदाई

212 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – डब्लुटी प्रेसिडेन्ट कप एसिया रिजनमा सहभागी हुन १ खेलाडीसहित २ सदस्यीय नेपाली पारा तेक्वान्दो टोलीको बिहीबार बिदाई गरिएको छ ।

इरानको तेहरानमा फागुन ३० गते हुने प्रतियोगिताअन्तर्गत पाराको के– ४४ क्याटगोरीको महिला ५२ केजीमुनि सिर्जना घिसिङले नेपालको चुनौती प्रस्तुत गर्नेछिन् । सिर्जनाको यो दोश्रो अन्तर्राष्ट्रिय प्रतियोगिता हुने छ ।

सिर्जनाको ‘डेब्यु’ प्रतियोगिता केहि महिनाअघि बहराइनको मानामामा भएको चौथो एसियाली पारा युथ गेम्स हो । त्यसमा सिर्जनले नेपाललाई रजत पदक दिलाएकी थिइन् । सन् २०१८ मा सिर्जनले पारा तेक्वान्दो खेल्न सुरु गरेकी हुन् । प्रशिक्षकमा अन्तर्राष्ट्रिय लेभल २ पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामा रहेका छन् ।

पाराको अन्तर्राष्ट्रिय प्रशिक्षकका रुपमा लामाको पाँचौं प्रतियोगिता हो । विगतका ४ मध्ये ३ मा नेपाल पदक जित्न सफल भएको छ । टोकियो पारालिम्पिक– २०२१ मा भने नेपाल पदकको नजिक पुगेरपनि चुकेको थियो । यद्यपि उक्त प्रतियोगितामा पलेश गोबद्र्धनले २ ‘बाउट’ जितेर इतिहास रचेकी थिइन् । प्रशिक्षक लामाले प्रतियोगिताले एसियाली खेलाडीको वरीयता निर्धारण गर्ने बताए । टोली शुक्रबार प्रस्थान गर्दै छ ।

April 29, 2025

शतकधारी वैभवको टिनएज क्रिकेट यात्रा

राजस्थान रोयल्सका ओपनर वैभव सूर्यवंशीले १४ वर्षको उमेरमै इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा शतक प्रहार गरेर विश्व कीर्तिमान रचे । सोमबार गुजरात टाइटन्सलाई ८ विकेटले हराउँदा ३८ बलमा ७ चौका र ११ छक्कासहित १ सय १ रनको अविश्वसनीय इनिङ खेले । १४ वर्षीय उनको अपत्यारिलो शतकको सहयोगमा राजस्थानले २ सय १० रनको लक्ष्य १५.५ […]

April 27, 2025

म्याराथनमा सन्तोषीको राष्ट्रिय कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद)- तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठले म्याराथनमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। लण्डन म्याराथनका दौरान आइतवार सन्तोषीले आफै कीर्तिमानलाई भंग गर्दै नयाँ कीर्तिमान बनाएकी हुन्। उनले ३ मिनेटमा ३६ सेकेन्डको समय सुधार गरेकी हुन्।लण्डनमा म्याराथन २ घन्टा ४२ मिनेट ५० सेकेन्डमा पूरा गरेकी हुन्। सन्तोषीले दुई वर्ष अघि […]

April 27, 2025

गल्कोटलाई तोरन्लह रनिङ कप भलिबल उपाधि

सिड्नी (हाम्रो खेलकुद) – गल्कोट समाज अस्ट्रेलियाले तोरनल्ह भलिबल रनिङ कप २०२५ को उपाधि जितेको छ । दि गोर्खा स्पोर्ट्स क्लब अस्ट्रेलियालाई ३–० को सोझो सेटमा पराजित गर्दै गल्कोटले उपाधि जित्न सफल भएको हो । क्वाटरफाइनल र सेमिफाइनलमा सशक्त प्रदर्शन गरेको गोर्खाले फाइनलमा भने अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा उप विजेतामा सिमित बन्यो । लिडकमस्थित ओबर्न […]

Success

Thank you for your time.