default_image

3 years ago

March 9, 2022

भुवन र सञ्जय फाइनलमा

174 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल नम्वर एक प्रो भुवन नगरकोटी र सञ्जय लामा सूर्य नेपाल गल्फ टुर २०२१–२२ अन्तर्गतको चौथो स्पर्धा सूर्य नेपाल एनपिजिएको फाइनलमा प्रवेश गरेका छन् ।

रोयल नेपाल गल्फ क्लबमा बुधबार भएको सेमिफाइनलमा शीर्ष प्रो भुवनले पाँचौं वरियताका धनबहादुर थापालाई ७ र ६ र चौथो वरियताका सञ्जयले तेस्रो वरियताका विकास अधिकारीलाई अन्तिम होलमा हराए । भुवन र सञ्जयले बिहीबार ३६ होलको फाइनल खेल्नेछन् भने धनले १८ होलको तेस्रो स्थानको खेलमा विकाससँग प्रतिस्पर्धा गर्नेछन् ।

यसअघि क्वार्टरफाइनलमा भुवनले दिनेश प्रजापतिलाई १–अप, धनले रामे मगरलाई ४–३, सञ्जयले जयराम श्रेष्ठलाई ५–४ र विकासले दीपक मगरलाई १–अपले हराए । तेस्रो स्थान र फाइनल बिहीबार हुनेछ ।

नेपाल प्रोफेसनल गल्फ एसोसियसनले आयोजना गरेको यो प्रतियोगितामा सूर्य नेपाल प्रालि प्रायोजक गरेको प्रतियोगिताको विजेताले ५० हजार रुपैया प्राप्त गर्नेछन् । दोस्रो हुनेले ३० हजार, तेस्रोले २२ हजार तथा चौथो हुनेले १८ हजार रुपैयाँ हात पार्नेछन् ।

क्वाटरफाइनलमा पराजित हुने चार खेलाडीले समान १० हजार तथा पहिलो चरणबाट बाहिरिएकाले समान ५ हजार प्राप्त गर्नेछन् ।

April 9, 2025

राजस्थानलाई प्रतिस्पर्धात्मक चुनौती

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई जितको लागि २ सय १८ रनको चुनौति दिएको छ। नरेन्द्र मोदी स्टेडियममा टस जितेर राजस्थानले गुजरातलाई ब्याटिङको लागि उतार्यो। गुजरातले २० ओभरमा ६ विकेट गुमाउँदै २ सय १७ रनको योगफल बनायो। ओपनर शुभमन गिल २ रनमा जोफ्रा आर्चरको बलमा आउट भए। यसपछि ओपनर […]

April 9, 2025

गल्कोट कप भलिबलको पुरस्कारमा वृद्धि

सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा बैशाख पहिलो साता आयोजना हुने तेस्रो संस्करणको गल्कोट कप पुरुष भलिबल प्रतियोगिताको पुरस्कार राशिमा बृद्धि गरिएकाे छ । आयोजक गल्कोट समाज अष्ट्रेलियाले गत वर्षको तुलनामा यसपटक पुरस्कार राशिमा बृद्धि गरिएको जानकारी गराएको छ । प्रथम पुरस्कारमा १ हजार ३५ अष्ट्रेलियन डलर र दोस्रो पुरस्कारमा ५ सय २० अष्ट्रेलियन डलर […]

April 9, 2025

विपना र अरहान्त वरीयताको शीर्षस्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय च्याम्पियन विपना ब्लोन र अरहान्त केशर सिंह आगामी वर्ष २०८२ काे अन्त्यसम्मको लागि स्क्वासको शीर्ष वरीयतामा उक्लन सफल भएका छन् । विपना दोस्रो वरीयताबाट शीर्षस्थानमा उक्लदा अरहान्त भने शीर्षस्थानमा यथावत रहन सफल भएका हुन् । अब यो वरीयता २०८२ को चैतसम्म हुने छ । याे राउन्ड राेविन लिग एनएसआरए राष्ट्रिय […]

Success

Thank you for your time.