3 years ago
March 9, 2022
काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर टेबलटेनिस क्लबको आयोजनामा हुने चौथो सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको हस्पिटालिटी पार्टनरका रुपमा नेपाली घर अनुबन्ध भएको छ ।
सो सम्बन्धी सम्झौता पत्रमा नेपाली घरका सेल्स एन्ड मार्केटिङ म्यानेजर सुजन तण्डुकार र प्रतियोगिताको व्यवस्थापनको जिम्मेवारी पाएको स्पिन इभेन्ट प्रा.लि. का अध्यक्ष सुमन शाक्यले बुधबार एक कार्यक्रमबीच हस्ताक्षर गरे ।
सो वापत नेपाली घरले खेलाडीका लागि प्रतियोगिता अवधिभर १२ कोठा उपलब्ध गराउने छ । सेल्स एन्ड मार्केटिङ म्यानेजर तण्डुकारले सामाजिक उत्तरदायित्व अन्तर्गत प्रायोजन गरेको बताउदै टेबल टेनिससँग जोडिन पाउँदा खुशी लागेको बताए । उनले आगामी संस्करणमा पनि सहयोगका लागि सकारात्मक रहेको बताए ।
प्रतियोगिता चैत १५ देखि १९ गतेसम्म लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुँदै छ । यसअघि प्रतियोगिता माघ १२ देखि १५ गतेसम्म हुने भनिएको थियो । कोभिड– १९ को तेश्रो लहर ओमिक्रोनका कारण स्थगित भएको थियो । अन्य प्रायोजकमा नेबिको बिस्कुट, नाती कन्स्ट्रक्सन प्रा.लि. र टेबलटेनिस खेल सामाग्री प्रायोजकमा डिएचएस रहेका छन् ।
सम्झना लेबोरटरी क्लिनिक प्रा.लि. ले मुख्य प्रायोजकका रुपमा आयोजकसंग यसअघि नै सम्झौता गरिसकेको छ । प्रतियोगितामा करिब १ हजार खेलाडीको सहभागिता अपेक्षा गरिएको आयोजकले जनाएको छ । पुरुष÷महिला सिंगल्स र टिम, भेट्रानको पुरुष ४० वर्षमाथि र ५५ वर्षमाथि तथा महिलामा ४० वर्षमाथि गरी ७ स्पर्धामा खेल हुनेछ । सिंगल्स र टिममा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५० हजार, २५ हजार र १०÷१० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।
भेट्रानतर्फ विजेतालाई १० हजार, उपविजेतालाई ५ हजार तथा तेश्रोलाई २ हजार ५ सय नगदबाट पुरस्कार गरिने छ । अनुमानित २१ लाख ५० हजार बजेट रुपैयाँ रहेकोमा मुख्य प्रायोजक सम्झनाले ५० प्रतिशत रकम प्रायोजन गर्ने भएको छ ।
March 17, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- अमेरिकामा सामाजिक कार्य गर्न स्थापित वन स्टेप फाउन्डेसन र नेपालगन्ज म्याराथन बीच किशोरी खेलाडीलाई दौडमार्फत मुल धारमा ल्याउने सम्बन्धमा सम्झौता भएको छ । समाजमा पिछडिएका र आर्थिक अवस्था कमजोर रहेका मुस्लिम, मधेसी, दलित, जनजाति समुदायका किशोरीलाई दौडमार्फत एउटै मञ्चमा ल्याई उनीहरुलाई सशक्तीकरण गराउन दुई संस्थाबीच सम्झौता भएको हो । सम्झौतापत्रमा वन स्टेप […]
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]