3 years ago
March 9, 2022
काठमाडौं (हाम्रो खेलकुद) – सामाखुशी इंग्लिस बोर्डिङ स्कुल (सेव) र माउन्ट ग्लोरी समूह विजेता बन्दै स्कुल न्यु एरा कप अन्तर विद्यालय फुटसल प्रतियोगिताको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ । सेव समूह ‘एफ’ बाट तथा माउन्ट ग्लोरी समूह ‘डी’ को विजेता बन्दै अन्तिम १६ मा पुग्न सफल भएको हो ।
मनमैजुस्थित एन्जल्स स्पोर्ट्स एकेडेमीको फुटसल कोर्टमा बुधबार भएको खेलमा सेवले समूह चरणमा स्वस्तिश्री गुरुकुललाई २–१ को गोल अन्तरले तथा अर्काे खेलमा मनास्लु इंग्लिस बोर्डिङ स्कुलमाथि ५–० को फराकिलो जित निकाल्दै समूह विजेता बन्यो ।
यो समूहबाट स्वस्तिश्री उपविजेता बन्दै अन्तिम १६ मा पुग्न सफल भयो । स्वस्तिश्रीले मनास्लुमाथि ३–० को सहज जित निकालेको थियो । दुवै खेलमा हार भोगेको मनास्लु समूह चरणबाटै बाहिरियो ।
समूह ‘डी को खेलमा माउन्ट ग्लोरीले काठमाडौं लिंकनलाई ५–१ ले तथा अर्काे खेलमा पृथ्वी बोर्डिङ स्कुललाई ३–० ले हरायो । यो समूहबाट काठमाडौं लिंकन उपविजेता बन्दै नकआउट चरणमा पुग्न सफल भयो । काठमाडौंले पृथ्वीलाई २–१ ले हराउन सफल भएको थियो । अंकविहीन हुदै पृथ्वी समूह चरणबाट बाहिरियो ।
यस्तै समूह ‘ए’ बाट प्रगति बोर्डिङ स्कुल समूह विजेता र एन्जल्स हार्ट सेकेन्डरी स्कुल उपविजेता बन्दै नकआउट चरणमा पुग्न सफल भएको छ । प्रगतिले आयोजक न्यु एरा ‘ए’ लाई ३–० ले तथा एन्जल्स हार्टलाई २–१ ले हरायो । उपविजेता बनेको एन्जल्स हार्टले आयोजक न्यू एरालाई २–० ले हरायो । समूह ‘सी’ बाट सेक्रेट हार्ट र विभुतीले अन्तिम १६ मा स्थान बनाउन सफल भयो ।
यो समूहमा तीनै टोलीको समान ३ अंक भएपनि गोलअन्तरमा चिल्ड्रेन हेराल्ड बाहिरिएको आयोजकले जनाएको छ । सेक्रेट हार्टले चिल्ड्रेनलाई ४–० ले हराउँदा विभुतिले सेक्रेटलाई १–० ले तथा चिल्ड्रेनले विभुतिलाई २–१ ले हराएको थियो ।
तारकेश्वर नगरपालिका ८ हिलेडोलमा रहेको न्यु इरा एकेडेमीको आयोजनामा भइरहेको प्रतियोगितामा विभिन्न २५ स्कुलको सहभागिता रहेको छ । प्रतियोगिता शुक्रबारसम्म चल्नेछ । बिहीबार लिग चरणका अन्तिम खेल र शुक्रबार फाइनल चरणको खेल हुने आयोजकले जनाएको छ ।
February 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप) मा दर्ता राष्ट्रिय संघ मध्ये ३४ संघले राखेप सदस्य सचिवको कार्यकक्षमा भएको तोडफोडको संयुक्त रुपमा विरोध गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान), अखिल नेपाल फुटबल संघ (एन्फा), नेपाल तेक्वान्दो र नेपाल भलिबल संघसहित ३४ सँघले शनिवार संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना गरेका छन्। ‘वार्ता, […]
January 30, 2025
एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको योगदान […]
January 30, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]