default_image

3 years ago

March 8, 2022

टाइगर कप भलिबलबाट झन्डै ८ लाख बचत

192 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – दोस्रो टाइगर कप आमन्त्रित क्लब महिला तथा पुरुष भलिबल च्याम्पियनसिपबाट करिब ८ लाख रुपैयाँ बचत भएको छ ।

आयोजक टाइगर ग्रुप अफ पोखराले मंगलबार पत्रकार सम्मेलन गर्दै दोस्रो संस्करणको च्याम्पियनसिपको आयव्यव सार्वजनिक गरेको हो ।जसअनुसार ७९ लाख ४६ हजार आम्दानी भएकोमा खर्च कटाई ७ लाख ९५ हजार बचत भएको जानकारी गराएको छ ।

क्लब अध्यक्ष नारायणप्रसाद शर्माका अनुसार मुख्य प्रायोजक सुश्री मिडियाबाट १३ लाख, गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयबाट ६ लाख, टिकटबाट १५ लाख ८३ हजार, स्वदेश तथा विदेश एवं अन्य संघ संस्थाबाट ४४ लाख ६३ हजार आम्दानी भएको छ ।

खर्चतर्फ टिम व्यवस्थापनमा २ लाख १९ हजार, पुरस्कार तथा प्रोत्साहनमा १३ लाख ९० हजार, खेलाडी पोशाकमा ८ लाख ६२ हजार, समारोह व्यवस्थापन ७ लाख ३२ हजार, कार्यालय व्यवस्थापन ४ लाख, प्यारापिट मञ्च, साउण्ड सिस्टममा ३ लाख २५ हजार खर्च भएको छ ।

यस्तै प्रचार एवम् विज्ञापन २ लाख ४५ हजार, अतिथि सत्कारमा २ लाख ३० हजार, खेल मैदान व्यवस्थापन १ लाख ८६ हजार, स्वयंसेवक खर्च १ लाख ५० हजार, मसलन्द तथा स्टेसनरी १ लाख ४७ हजार, प्रमाणपत्र, मेडल, ट्रफी १ लाख २४ हजार, सचिवालय व्यवस्थापनमा १ लाख १८ हजार खर्च भएको जनाइएको छ ।

गत पुस २६ देखि माघ १ सम्म पोखरा रंगशालामा भएको प्रतियोगिताको बचत रकम सामाजिक क्षेत्र, खेलकुद एवं बाघ संरक्षण अभियानमा सहयोग गरिने अध्यक्ष शर्माले बताए । संस्थाको नाम ‘बाघ’ सँग जोडिएकोले उक्त अभियानमा लाग्न प्रेरणा मिलेको उनको भनाइ छ ।

सो अवसरमा संस्थाले स्वास्थ्य उपचारको लागि भलिबलकी राष्ट्रिय खेलाडी सरस्वती चौधरी र अमृत केसीलाई जनही १० हजार सहयोग गरेको छ । यस्तै, महिला भलिबलकी राष्ट्रिय टिम कप्तान अरुणा शाहीलाई समेत नगद सहयोग गरिएको छ ।

संस्थाले सोही अवसरमा आफ्नो टिमबाट प्रतियोगितामा सहभागी महिला तथा पुरुष खेलाडीलाई जनही ५ हजारका दरले १४ जनालाई भत्तासमेत उपलव्ध गराएको संस्थाका महासचिव प्रकाश बरालले जनाए ।

दोस्रो टाइगर कपमा पुरुषतर्फ त्रिभुवन आर्मी क्लब र महिलातर्फ नेपाल एपिएफ क्लब च्याम्पियन बनेको थियो । महिला र पुरुष दुवैमा समान ५ टोलीको सहभागिता रहेको थियो ।

February 9, 2025

क्यान, एन्फासहित ३४ संघद्वारा सदस्य सचिवको कार्यकक्ष तोडफोडको भर्त्सना

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप) मा दर्ता राष्ट्रिय संघ मध्ये ३४ संघले राखेप सदस्य सचिवको कार्यकक्षमा भएको तोडफोडको संयुक्त रुपमा विरोध गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान), अखिल नेपाल फुटबल संघ (एन्फा), नेपाल तेक्वान्दो र नेपाल भलिबल संघसहित ३४ सँघले शनिवार संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना गरेका छन्। ‘वार्ता, […]

January 30, 2025

ख्वाजाको दोहोरो शतकमा अस्ट्रेलियाको विशाल योगफल

एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको‌ योगदान […]

January 30, 2025

कुशलको टोलीले दीपेन्द्रको टिमलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]

Success

Thank you for your time.