default_image

3 years ago

March 8, 2022

चितवन एलटिके ट्रयाक एण्ड फिल्ड अर्को महिना हुने

120 views

0 Bookmark

चितवन (हाम्रो खेलकुद)– लेक ट्वान्टी थाउजेन्ड फार्म रिट्रिट (एटिके) ले अर्को महिना आइ लभ चितवन एलटिके ट्रायक एन्ड फिल्ड प्रतियोगिता आयोजना गर्ने भएको छ ।

खेलाडी उत्पादन गर्दै खेलकुद विकासमा टेवा पुर्याउने उद्देश्यले एलटिकलेले गत वर्षदेखि यो प्रतियोगिता आयोजना गरेको हो । यसपटक चैत १९ गते चितवनको देवनगर चम्पानगरमा प्रतियोगिता आयोजना गर्ने बताइएको छ ।

प्रतियोगितामा जुनियर छात्रा छात्रा र सिनियर महिला पुरुषको गरि ट्रयाक एण्ड फिल्डका २८ इभेन्ट समावेश हुने बताइएको छ । आयकेजकले प्रतियोगितामा छात्रा छात्रातर्फ ६० मिटर, २ सय मिटर, ८ सय मिटर दौड, लङजम्प, सट पुट, ३ किलोमिटर क्रस कन्ट्रीमा प्रतिस्पर्धा हुने जनाएको छ ।

त्यस्तै सिनियर महिला पुरुषतर्फ ६० मिटर, २ सय मिटर, ४ सय मिटर, ८ सय मिटर दौडका साथै लङजम्प, सट पुट, ८ किलोमिटर क्रस कन्ट्रीमा प्रतिस्पर्धा हुनेछ । भेट्रान महिला र पुरुक्षका लागि ५ किलो मिटर क्रस कन्ट्री समावेश गरिएको बताइएको छ ।

हरेक इभेन्टको विजेताले ५ हजार, दोस्रोले ३ र तेस्रो हुने खेलाडीले २ हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै सिनियर र जुनियर दुवैतर्फ महिला र पुरुष उत्कृष्ट खेलाडी छनोट गरि पुरस्कृत गरिने बताइएको छ ।

प्रतियोगिताको सह प्रायोजकका रुपमा भरतपुर नगरपालिका वडा नं ६ र १३ रहेका छन् । एथलेटिक्स परिवार नेपालको सहजिकरण रहने प्रतियोगितामा चितवन जिल्ला एथलेटिक्स संघको प्राविधिक सहयोग रहने जनाएको छ ।

February 9, 2025

क्यान, एन्फासहित ३४ संघद्वारा सदस्य सचिवको कार्यकक्ष तोडफोडको भर्त्सना

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप) मा दर्ता राष्ट्रिय संघ मध्ये ३४ संघले राखेप सदस्य सचिवको कार्यकक्षमा भएको तोडफोडको संयुक्त रुपमा विरोध गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान), अखिल नेपाल फुटबल संघ (एन्फा), नेपाल तेक्वान्दो र नेपाल भलिबल संघसहित ३४ सँघले शनिवार संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना गरेका छन्। ‘वार्ता, […]

January 30, 2025

ख्वाजाको दोहोरो शतकमा अस्ट्रेलियाको विशाल योगफल

एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको‌ योगदान […]

January 30, 2025

कुशलको टोलीले दीपेन्द्रको टिमलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]

Success

Thank you for your time.