3 years ago
March 8, 2022
दमक (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लबको चुनौती पन्छाउँदै होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लब प्रथम दमक कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । झापा दमकको पसुहाटमा मंगलबार भएको उपाधि भिडन्तमा ३–२ को सेटमा पराजित गर्दै डायमन्ड च्याम्पियन बनेको हो ।
डायमन्डले पहिलो सेट १९–२५ ले गुमाउन पुगेको थियो । पहिलो सेट एक समय ९–१४ ले पछि रहेको डायमन्डले लगातार ४ अंक जोड्दै आर्मीलाई कडा चुनौती दिएपनि सेट आफ्नो पक्षमा पार्न सकेन । १८–१८ को बराबरीको अवस्थाबाट पछि परेको डायमन्डले पहिलो सेट गुमाउन पुगेको थियो ।
दोस्रो सेट डायमन्डले २५–२३ ले आफ्नो पक्षमा पार्न सफल भयो । दोस्रो सेटमा सुरुवातमै ७–२ को अग्रता लिएको डायमन्डलाई आर्मीले कडा चुनौती दिएको थियो । आर्मीले डायमन्डलाई १०–१० को बराबरीमा भेटेपनि डायमन्डले लगातार अग्रता लिदै २५–२३ को प्रतिस्पर्धात्मक जित निकाल्न सफल भयो । प्रतिस्पर्धात्मक बनेको तेस्रो सेट आर्मीले २५–२२ ले आफ्नो पक्षमा पार्न सफल भयो । आर्मीले २०–२२ को स्थिति उल्ट्याएर जित निकाल्न सफल भएको हो ।
प्रतिस्पर्धात्मक बनेको चौथो सेट डायमन्डले २६–२४ ले जितेपछि खेल पाँचौ सेटमा लम्बिएको थियो । डायमनडले १८–२१ को स्थिति उल्ट्याएर एक सेट प्वाइन्ट लिदै जित निकाल्न सफल भएको थियो । निर्णायक सेटमा डायमन्डले एकपक्षीय प्रदर्शन गर्दै १५–६ को सहज जित निकाल्दै च्याम्पियन बन्न सफल भयो ।
योसँगै डायमन्डले आर्मीलाई यो प्रतियोगितामा दुई खेलमा पराजित गर्न सफल भयो । डायमन्डले समूह चरणमा पनि ३–२ को रोमाञ्चक जित निकाल्न सफल भएको थियो । च्याम्पियन बनेसँगै डायमन्डले २ लाख रुपैयाँसँगै ट्रफी हात पारेको छ । दोस्रो स्थानमा चित्त बुझाएको आर्मीले १ लाख रुपैयाँ हात पारेको छ ।
मंगलबारै पुलिसले एपीएफलाई ३–१ को सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको छ । तेस्रो भएको पुलिसले ५० हजार तथा चौथो भएको एपीउफले ३० हजार रुपैया प्राप्त गरेको छ । विधागततर्र्फ सर्वाेत्कृष्ट खेलाडीले १० हजार रुपैया प्रदान गरिने आयोजकले जनाएको छ । यस्तै व्यक्तिगत विधातर्फ स्पाइकर, ब्लकर, सेटर, सर्भर, डिफेन्डरले समान ५ हजार प्राप्त गर्नेछन् ।
दमक भलिबल संघले ११२औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजना २१ फाागुनदेखि शुरु भएको महिला राष्ट्रिय भलिबल प्रतियोगितामा ६ टोलीको सहभागिता रहेको थियो । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा एपिएफसँगै पुलिस र प्रदेश १ तथा समूह ‘बी’ मा आर्मी, अमक भलिबल क्लब र न्यू डायमन्ड स्पोर्ट्स क्लब रहेका थिए ।
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]