3 years ago
March 8, 2022
दमक (हाम्रो खेलकुद) – विभागीय नेपाल पुलिस क्लबले प्रथम दमक कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको छ । पुलिसले अर्काे विभागीय टोली नेपाल एपीएफ क्लबलाई ३–१ को सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको हो ।
झापा दमकको पसुहाटमा मंगलबार तेस्रो स्थानको लागि भएको खेलको पहिलो सेट पुलिसले २५–२३ ले आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेट पुलिसले २२–२५ ले गुमाएको थियो । त्यसपछिको दुवै सेट पुलिसले आफ्नो पक्षमा पार्दै तेस्रो स्थान हासिल गर्न सफल भएको हो ।
योसँगै पुलिसले एपीएफलाई यो प्रतियोगितमा दुई खेलमा हराउन सफल भएको छ । पुलिसले समूह चरणमा ३–० को सोझो सेटमा जित निकालेको थियो । आफ्नो मुख्य खेलाडी सरस्वती चौधरी चोटका कारण टोलीमा नरहँदा एपीएफको प्रदर्शन कमजोर देखिएको थियो ।
तेस्रो स्थान हासिल गरेको पुलिसले ५० हजार तथा चौथो भएको पुलिसले ३० हजार रुपैया प्राप्त गरेको छ । प्रतियोगिताको उपाधिका लागि त्रिभुवन आर्मी क्लब र होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबबीच खेल भइरहेको छ ।
दमक भलिबल संघले ११२औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजना महिला राष्ट्रिय भलिबल प्रतियोगितामा ६ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा एपिएफसँगै पुलिस र प्रदेश १ तथा समूह ‘बी’ मा आर्मी, अमक भलिबल क्लब र न्यू डायमन्ड स्पोर्ट्स क्लब रहेका छन् ।
प्रतियोगिताको विजेता २ लाख रुपैयाँसँग ट्रफी हात पार्नेछ । दोस्रो हुने टोलीले १ लाख प्राप्त गर्नेछ । तेस्रो हुनेले ५० हजार तथा चौथोले ३० हजार रुपैया प्रदान गरिनेछ । विधागततर्र्फ सर्वाेत्कृष्ट खेलाडीले १० हजार रुपैया प्रदान गरिने आयोजकले जनाएको छ । यस्तै व्यक्तिगतविधातर्फ स्पाइकर, ब्लकर, सेटर, सर्भर, डिफेन्डरले समान ५ हजार प्राप्त गर्नेछन्
February 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप) मा दर्ता राष्ट्रिय संघ मध्ये ३४ संघले राखेप सदस्य सचिवको कार्यकक्षमा भएको तोडफोडको संयुक्त रुपमा विरोध गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान), अखिल नेपाल फुटबल संघ (एन्फा), नेपाल तेक्वान्दो र नेपाल भलिबल संघसहित ३४ सँघले शनिवार संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना गरेका छन्। ‘वार्ता, […]
January 30, 2025
एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको योगदान […]
January 30, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]