default_image

3 years ago

March 7, 2022

शिरशुभा-गम्भीरसिंह स्मृति भलिबल सुरु

174 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – दशैंं शिरशुभ-गम्भीरसिंह गुरुङ स्मृति पुरुष भलिबल प्रतियोगिता सोमबारदेखि स्याङजाको सिरुवारीमा सुरु भएको छ ।

पहिलो दिन दरौ खोला युवा क्लब, आँधी खोला र राङ खोलाले विजयी सुरुआत गरे । दरौ खोलाले माझकटेरीलाई २२–२५, २५–२१ र २५–१७ को सेटमा पराजित ग¥यो ।

आँधी खोलाले दरौ युवा क्लबलाई २५–१८ र २५–१७ को सोझो सेटमा हरायो । विजेताका अशोक विक ‘म्यान अफ द म्याच’ घोषित भए । राङ खोलाले सिरुवारीलाई सीधा सेटमा २५–२२ र २५–२२ ले पन्छायो । राङ खोलाका दर्शन गुरुङ ‘म्यान अफ द म्याच’ चुनिए ।

स्व. शिरशुभा र गम्भीरसिंह गुरुङका छोरा तथा परिवारका सदस्यहरुले आयोजना गरेको प्रतियोगिताको गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले एक कार्यक्रमबीच उद्घाटन गरेका थिए ।

सो अवसरमा कांगे्रस नेतृ सरस्वती गुरुङ, स्व. गम्भीरसिंह र शिरशुभा गुरुङका छोरात्रय पूर्व मेजर लीलबहादुर गुरुङ, देवबहादुर गुरुङ र पूर्व डिआईजी हिमबहादुर गुरुङलगायतको उपस्थिति थियो । सोही अवसरमा भ्याली पब्लिक स्कुलका प्रिन्सिपल कृष्णप्रसाद अधिकारीले सहभागी टोली र अफिसियलका लागि प्रायोजन गरेको जर्सी पनि हस्तान्तरण गरिएको थियो ।

शीर्ष तीन स्थान हात पार्ने टोलीले क्रमशः १ लाख, ५० हजार र २५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । फाइनल फागुन २७ गते हुने छ ।

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

Success

Thank you for your time.