3 years ago
March 7, 2022
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लब प्रथम बीर गणेशमान सिंह राष्ट्रिय फेन्सिङ प्रतियोगितामा टिम च्याम्पियन बन्न सफल भएको छ । आर्मीले ६ स्वर्ण, २ रजत र ६ कास्य पदकका साथ टिम च्यामिपयन बनेको हो ।
३ स्वर्ण, ५ रजत र ८ कास्य पदक प्राप्त गरेको एपिएफ दोस्रो भयो । बागमती प्रदेशले ३ स्वर्ण, ५ रजत र ३ कास्यसहित तेस्रो स्थान हासिल ग¥यो ।
बीर गणेशमान सिंह स्पोर्टस् कमिटि र नेपाल फेन्सिङ संघको संयुक्त आयोजनमा भएको प्रतियोगिताको महिला फ्वाईलतर्फ एपिएफकी मन्दिरा थापाले स्वर्ण हात पारिन् । थापाले फाईनलमा चिरप्रतिद्वन्दि सेनाकी रमा सिंहलाई १५–१२ को झिनो अन्तरले पराजित गर्दै रजतमा खुम्च्याईन् । तेश्रो स्थानमा सेनाकी मनिषा राई र बागमतीकी अञ्जु तामाङ रहे ।
पुरुषको टिम फ्वाईलतर्फ सेनाले जित हात पार्दै स्वर्ण कब्जा ग¥यो । सेनाले बागमतीलाई ४५–२९ ले पराजित गर्दै रजतमा खुम्चन बाध्य बनायो । गण्डकी र एपिएफले कास्य पदक प्राप्त गरे । यस्तै टिम महिला सावरमा पनि सेनाले स्वर्ण हात पा¥यो । फाईनलमा सेनाले एपिएफलाई ४५–३६ अंकले पराजित गर्दै स्वर्ण कब्जा गरेको हो । बागमती र गण्डकीले कास्य पदक हात पारे ।
महिला टिम फ्वाईलतर्फ एपिएफले बागमती प्रदेशलाई पराजित गर्दै स्वर्ण प्राप्त ग¥यो । एपिएफले बागमतीलाई ४५–३६ अंकले परातिज गरेको हो । यस्तै यस विधामा सेना र प्रदेश नं. १ ले कास्यमा चित्त बुझाए । पुरुष इपी टिमतर्फ सेनाले एपिएफलाई ४५–४० अंकले पराजित गर्दै स्वर्ण हात पा¥यो । तेश्रो स्थानमा गण्डकी प्रदेश र प्रदेश. १ रहे । पुरुष सावरतर्फ एपिएफले स्वर्ण जित्दा बागमतीले रजत पायो । एपिएफले बागमतीलाई ४५–३६ अंकले पछि पार्दै स्वर्ण जितेको हो । नेपाली सेना र प्रदेश १ ले कास्य पदक प्राप्त गरे ।
प्रतियोगितामा ब्यक्तिगत स्पर्धातर्फ दुई स्वर्ण प्राप्त गर्ने बागमती प्रदेशका खेलाडी ओमकार सिंहलाई नेपाल फेन्सिङ संघका महासचिव सुजन लाल श्रेष्ठले ब्यक्तिगत १० हजारले सम्मान गरे । यस्तै प्रतियोगितामा अनुशासित खेलाडीको खिताव पाएका एपिएफका शेरसिंह ऐरीलाई भारतबाट प्रतियोगिता सफल पार्न आएका निर्णायकहरु सन्तोष पाण्डे र बिशाल रावले खेल सामाग्री प्रदान गर्दै सम्मान गरे ।
प्रतियोगितामा गण्डकी प्रदेशबाट सवै भन्दा कम उमेरकी खेलाडी (११ बर्ष) प्रतिक्षा रानाले पनि सहभागिता जनाएकी थिईन् । उनले सिनियर प्रतिस्पर्धामा दुई खेल जित्न पनि सफल भएकी थिईन् ।
बिजयी खेलाडीहरुलाई नेपाल सरकारका पूर्व उपप्रधानमन्त्री एवं गणेशमान फाउण्डेशनका अध्यक्ष प्रकाशमान सिंह, महिला नेतृ श्रृजना सिंह, राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष शिव कोईराला, सदस्य सुभाष श्रेष्ठ, नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष एवं कार्यकारी निर्देशक चतुरानन्द राजवैद्य, सचिव रामजी बहादुर श्रेष्ठ, नेपाल ओलम्पियन संघका अध्यक्ष दीपक बिष्ट, नेपाल सुटिङ्ग संघका अध्यक्ष पुष्पदाश श्रेष्ठ, भारोत्तोलन संघका अध्यक्ष रामबोस श्रेष्ठ, नेपाल बास्केटबल संघका कार्यबाहक अध्यक्ष भिमसिंह गुरुङ्ग लगायतले पुरस्कृत गरे ।
तीन दिने प्रतियोगितामा प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश, नेपाली सेना, एपिएफ गरि ६ टिमको सहभागिता रहेको थियो । १२ स्वर्ण पदकका लागि ११४ खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए ।
April 29, 2025
राजस्थान रोयल्सका ओपनर वैभव सूर्यवंशीले १४ वर्षको उमेरमै इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा शतक प्रहार गरेर विश्व कीर्तिमान रचे । सोमबार गुजरात टाइटन्सलाई ८ विकेटले हराउँदा ३८ बलमा ७ चौका र ११ छक्कासहित १ सय १ रनको अविश्वसनीय इनिङ खेले । १४ वर्षीय उनको अपत्यारिलो शतकको सहयोगमा राजस्थानले २ सय १० रनको लक्ष्य १५.५ […]
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठले म्याराथनमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। लण्डन म्याराथनका दौरान आइतवार सन्तोषीले आफै कीर्तिमानलाई भंग गर्दै नयाँ कीर्तिमान बनाएकी हुन्। उनले ३ मिनेटमा ३६ सेकेन्डको समय सुधार गरेकी हुन्।लण्डनमा म्याराथन २ घन्टा ४२ मिनेट ५० सेकेन्डमा पूरा गरेकी हुन्। सन्तोषीले दुई वर्ष अघि […]
April 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – गल्कोट समाज अस्ट्रेलियाले तोरनल्ह भलिबल रनिङ कप २०२५ को उपाधि जितेको छ । दि गोर्खा स्पोर्ट्स क्लब अस्ट्रेलियालाई ३–० को सोझो सेटमा पराजित गर्दै गल्कोटले उपाधि जित्न सफल भएको हो । क्वाटरफाइनल र सेमिफाइनलमा सशक्त प्रदर्शन गरेको गोर्खाले फाइनलमा भने अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा उप विजेतामा सिमित बन्यो । लिडकमस्थित ओबर्न […]