default_image

3 years ago

March 6, 2022

बागमती प्रदेश खेलकुदको खेल तालिका सार्वजनिक

177 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रदेश स्तरिय खेलकुद प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । प्रतियोगितामा विभिन्न ८ खेल समावेश गरिएको छ ।

हेटौंडास्थित पिप्ले क्याम्पा रंगशालामा मुख्यमन्त्री राजेन्द्र पाण्डेले फागुन २८ गते प्रतियोगिताको उद्घाटन गर्नेछन् । प्रतियोगितामा फुटबल, ब्याडमिन्टन, क्रिकेट, तेक्वान्दो, भलिबल, कराते, एथलेटिक्स र बक्सिङ समावेश गरिएको छ ।

मुल आयोजक कमिटिले सार्वजनिक गरिएको खेल तालिका अनुसार मकवानपुरको हेटौंडाले तीन खेलको आयोजना गर्ने अवसर पाएको छ । पिप्ले क्याम्पा रंगशालामा २९ फागुनदेखि पुरुष फुटबल हुदैछ । थानाभर्याङ कभर्डहलमा सोही दिनदेखि नै ब्याडमिन्टन हुनेछ ।

भुटनदेवी स्कुलमा चैत्र ५ देखि तेक्वान्दो हुनेछ । त्यस्तै चितवनमा फागुन ३० देखि भलिबल र क्रिकेट एकै साथ सुरु हुनेछन् । माडी खेल मैदानमा महिला तथा पुरुष भलिबल र गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा महिला तथा पुरुष क्रिकेटका खेलहरु संचालन हुनेछन् ।

त्यस्तै काठमाडौको दशरथ रंगशालामा चैत्र ६ देखि एथ्लेटिक्स हुनेछ । समापनसहित दुई खेलको आयोजना गर्ने अवसर काभ्रेले प्राप्त गरेको छ । महिला फुटबल चैत्र ७ देखि धुलिखेल फुटबल मैदानमा शुरु हुनेछ । चैत्र ९ देखि काभ्रेपलाञ्चोकमा बक्सिङ हुनेछ । सिन्धुपालञ्चोकमा चैत्र ७ गते देखि कराते शुरु हुनेछ । प्रतियोगिताको समापन चैत्र १२ गते काभ्रेपलाञ्चोकमा हुनेछ ।

प्रतियोगितालाई भब्य, व्यवस्थित र पारदर्शी बनाउन मुल आयोजक समितिका अलवा ६ वटा उपसमिति र ८ वटा प्राविधिक समिति गठन गरिएको छ । प्रतियोगितामा महिलातर्फ ९३९ र पुरुषतर्फ १२४९ गरि कुल २१८८ जना खेलाडीले आ–आफ्नो विधामा स्पर्धा गर्नेछन् ।

अफिसियल र निर्णायकको संख्या ४५६ रहने छ । प्रतियोगितामा करिब ८ करोड ४ लाख खर्च हुने अनुमान गरिएको प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सुर्यलाल भण्डारीले जानकारी गराए । प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुनेलाई नगद, शिल्ड र प्रमाणपत्र प्रदान गरिनेछ र प्रत्येक खेलाडीको बिमाको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

February 9, 2025

क्यान, एन्फासहित ३४ संघद्वारा सदस्य सचिवको कार्यकक्ष तोडफोडको भर्त्सना

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप) मा दर्ता राष्ट्रिय संघ मध्ये ३४ संघले राखेप सदस्य सचिवको कार्यकक्षमा भएको तोडफोडको संयुक्त रुपमा विरोध गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान), अखिल नेपाल फुटबल संघ (एन्फा), नेपाल तेक्वान्दो र नेपाल भलिबल संघसहित ३४ सँघले शनिवार संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना गरेका छन्। ‘वार्ता, […]

January 30, 2025

ख्वाजाको दोहोरो शतकमा अस्ट्रेलियाको विशाल योगफल

एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको‌ योगदान […]

January 30, 2025

कुशलको टोलीले दीपेन्द्रको टिमलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]

Success

Thank you for your time.