3 years ago
March 6, 2022
काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशका ओमरकार सिंहलले प्रथम बीर गणेशमान सिंह राष्ट्रिय फेन्सिङ्ग प्रतियोगितामा पुरुष ब्यक्तिगत तर्फ दुई स्वर्णपदक जित्न सफल भएका छन् । उनले सावर र ईपीतर्फ स्वर्ण हात पारेका हुन् ।
सावरमा सिंहले बागमतीकै पायष योञ्जनलाई निकै नै प्रतिस्पर्धात्मक खेलमा १५–१४ अंकले पराजित गर्दै स्वर्ण हात पारेका हुन् । १३–१४ ले पछाडी परेको अवस्थामा खेलमा सुधार गर्दै सिंहले १५–१४ को अग्रता लिदै जित निकाल्न सफल भएको हो । एपिएफका राजेन्द्र गजुरेल र खिम खत्री तेस्रो भए ।
बीर गणेशमान सिंह स्पोर्टस् कमिटि र नेपाल फेन्सिङ संघको संयुक्त आयोजनमा भएको प्रतियोगिताको ईपीतर्फ पनि ओमकारले स्वर्ण हात पारे । उनले निकै नै प्रतिस्पर्धात्मक खेलमा सेनाका जंग गिरीलाई १०–९ अंकले पराजित गरे ।
निर्धारित समय सम्म दुवैको समान ९–९ अंक भएपछि निर्णयका लागि थप गरिएको १ मिनेटमा सिंहले १ अंक जोड्दै १०–९ अंकका साथ स्वर्ण हात पारे । सेनाका मिन कार्की र बागमतीका भिष्मराज (तार्जन) दाहालले कास्य पाए ।
यस्तै पुरुषकै फ्वाईलतर्फ सेनाका जलेन्द्र शाहीले बाजी मारे । उनले आफ्नै विभागका खेलाडी राजन खड्कालाई १५–६ अंकले पराजित गर्दै स्वर्ण जिते । एपिएफका शेर ऐर र सेनाका नरेन्द्र धामी तेश्रो भए ।
शनिबारबाट सुरु भएको प्रतियोगितामा चार क्षेत्र प्रदेश १, बागमती, सुदूरपश्चिम, गण्डकीका साथै दुई विभागिय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लब गरि ६ टोलीका ११४ खेलाडीहरुले १२ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गरिरहेका छन् ।
प्रतियोगितामा सावर, ईपी, फ्वाईल गरि तीन बिधामा ब्यक्तिगत र टिम स्पर्धामा महिला तथा पुरुषको प्रतिस्पर्धा हुने छ ।
April 29, 2025
राजस्थान रोयल्सका ओपनर वैभव सूर्यवंशीले १४ वर्षको उमेरमै इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा शतक प्रहार गरेर विश्व कीर्तिमान रचे । सोमबार गुजरात टाइटन्सलाई ८ विकेटले हराउँदा ३८ बलमा ७ चौका र ११ छक्कासहित १ सय १ रनको अविश्वसनीय इनिङ खेले । १४ वर्षीय उनको अपत्यारिलो शतकको सहयोगमा राजस्थानले २ सय १० रनको लक्ष्य १५.५ […]
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठले म्याराथनमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। लण्डन म्याराथनका दौरान आइतवार सन्तोषीले आफै कीर्तिमानलाई भंग गर्दै नयाँ कीर्तिमान बनाएकी हुन्। उनले ३ मिनेटमा ३६ सेकेन्डको समय सुधार गरेकी हुन्।लण्डनमा म्याराथन २ घन्टा ४२ मिनेट ५० सेकेन्डमा पूरा गरेकी हुन्। सन्तोषीले दुई वर्ष अघि […]
April 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – गल्कोट समाज अस्ट्रेलियाले तोरनल्ह भलिबल रनिङ कप २०२५ को उपाधि जितेको छ । दि गोर्खा स्पोर्ट्स क्लब अस्ट्रेलियालाई ३–० को सोझो सेटमा पराजित गर्दै गल्कोटले उपाधि जित्न सफल भएको हो । क्वाटरफाइनल र सेमिफाइनलमा सशक्त प्रदर्शन गरेको गोर्खाले फाइनलमा भने अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा उप विजेतामा सिमित बन्यो । लिडकमस्थित ओबर्न […]