3 years ago
March 6, 2022
काठमाडौं (हाम्रो खेलकुद) – तेक्वान्दोका अन्तर्राष्ट्रिय खेलाडी एवं प्रशिक्षक सञ्जीव नेपाली सम्मानित भएका छन् । विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा लगातार पदक जित्दै आएका सञ्जीवलाई आइतबार तारकेश्वर नगरपालिकाले सम्मान गरेको हो ।
तेक्वान्दोको विकास र विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै तारकेश्वर नगरपालिकाले प्रसंशापत्रबाट सम्मान गरेको हो । तारकेश्वर नगपालिकाका प्रमुख रामेश्वर बोहराले ‘तेक्वान्दो खेलमार्फत देशको प्रतिष्ठालाई उच्च राख्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा फैलाउन महत्वपूर्ण भूमिका खेलेको’ भन्दै उनलाई सम्मान गरेका हुन् ।
बाराको निजगढका सञ्जीव तेक्वान्दोका अन्तर्राष्ट्रिय खेलाडी, प्रशिक्षक एवं निर्णायक पनि हुन् । उनले तेक्वान्दोकै माध्यमबाट विश्वका विभिन्न देशमा पुगेर राष्ट्रको झण्डा फहराउने काम गरेका छन् । उनले हङकङ, थाइल्यान्ड, इङ्ल्यान्ड, स्पेन, जापान, क्यानडा, अमेरिकालगायतका मुलुकमा भएका प्रतियोगितामा सहभागी हुँदै पदक पनि जितेका छन् ।
April 29, 2025
राजस्थान रोयल्सका ओपनर वैभव सूर्यवंशीले १४ वर्षको उमेरमै इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा शतक प्रहार गरेर विश्व कीर्तिमान रचे । सोमबार गुजरात टाइटन्सलाई ८ विकेटले हराउँदा ३८ बलमा ७ चौका र ११ छक्कासहित १ सय १ रनको अविश्वसनीय इनिङ खेले । १४ वर्षीय उनको अपत्यारिलो शतकको सहयोगमा राजस्थानले २ सय १० रनको लक्ष्य १५.५ […]
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठले म्याराथनमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। लण्डन म्याराथनका दौरान आइतवार सन्तोषीले आफै कीर्तिमानलाई भंग गर्दै नयाँ कीर्तिमान बनाएकी हुन्। उनले ३ मिनेटमा ३६ सेकेन्डको समय सुधार गरेकी हुन्।लण्डनमा म्याराथन २ घन्टा ४२ मिनेट ५० सेकेन्डमा पूरा गरेकी हुन्। सन्तोषीले दुई वर्ष अघि […]
April 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – गल्कोट समाज अस्ट्रेलियाले तोरनल्ह भलिबल रनिङ कप २०२५ को उपाधि जितेको छ । दि गोर्खा स्पोर्ट्स क्लब अस्ट्रेलियालाई ३–० को सोझो सेटमा पराजित गर्दै गल्कोटले उपाधि जित्न सफल भएको हो । क्वाटरफाइनल र सेमिफाइनलमा सशक्त प्रदर्शन गरेको गोर्खाले फाइनलमा भने अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा उप विजेतामा सिमित बन्यो । लिडकमस्थित ओबर्न […]