8 years ago
December 1, 2016
काठमाडौं (हाम्रो खेलकुद) – पहिलो मुस्ताङ म्याडनेस क्रसकन्ट्री साइकल रेसको उपाधि राजकुमार श्रेष्ठले जितेका छन् । सात दिन सात चरणमा भएको रेस १४ घन्टा ५४ मिनेट ५७ सेकेन्डमा पुरा गर्दै राजकुमार च्याम्पियन बनेका हुन् । उपाधि सगै उनले १ लाख २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । अघिल्लो चरणमा १३ घण्टा ६ मिनेट ४७ सेकेण्डको अग्रताका साथ शुरु गरेका राजकुमारले सातौ दिनको अन्तिम चरणको रेस मनाङको मार्फा देखि म्याग्दीको तातोपानी सम्मको ५० किलोमिटरको दुरी १ घण्टा ४८ मिनेट १० सेकेण्डमा पुरा गरेका थिए ।
बायाँबाट क्रमशः बुद्धिबहादुर तामाङ, विजेता राजकुमार श्रेष्ठ र मानबहादुर थापा ।
बुद्धिबहादुर तामाङ १६ घण्टा ३३ मिनेट ४० सेकेण्डमा दुरी पुरा गर्दै दोस्रा भए । मान बहादुर थापा मगरले १७ घण्टा २२ मिनेट ५२ सेकेण्डमा पार गदै तेश्रो स्थान प्राप्त गरे । बुद्धिबहादुरले १ लाख र मानबहादुर ७५ हजार रुपैयाँ पाए ।
यस्तै राजेन्द्र चेमजोङ्गले १९ घण्टा ५ मिनेट ०९ सेकेण्डका साथ चौथो भए । सबैभन्दा कान्छो सगभागी १६ बर्षिय प्रचित थापा मगरले २० घण्टा १६ मिनेट ४५ सेकेण्डका साथ पाँचौं स्थान प्राप्त गरे । बिदेशी सहभागीमा बेलायतकी ईजाबेल बोईडल २४ घण्टा ६ मिनेट ३० मा पुरा गरिन भने नेपाली सेनाकी पुष्पा भण्डारीले ३१ घण्टा २९ मिनेट ५० सेकेण्डमा गरिन् ।
सात चरणमा सम्पन्न भएको यस प्रतियोगिताको कूल दुरी २ सय २० किलोमिटर थियो । कागबेनीबाट सुरु भएको क्रसक्रन्ट्री साईकल रेसको पहिलो दिन १३.२ किमी दुरी पार गदेै मुक्तिानाथ, दोश्रो दिन मुक्तिानाथबाट ४०७० मिटरको ग्याला पासहुदै २२ किमीको दुरीपार चेलेमा पुगेर सम्पन्न भएको थियो । तेश्रो दिन चेलेबाट घमीसम्मको ३६ किम दुरी रहेको थियो । जसमा प्रतियोगीहरुले ३८६० मिटरको यमदला पास, ३९०० मिटरको स्याङबोचे पास र ४०१० मिटरको नेला पासहरु प्रतियोगिले पार गदै ३६५० मिटरको उचाई रहेको घमी पुगेका थिए । चौथोदिन घमीबाट ३९०० मिटरको लोला पास हुदै २६ किमीको दुरीमा रहेको उपल्लो मुस्ताङको राजधानी लोमाङथाङ पुगेको थियो । ३८०० मिटरमा अबस्थित लोमाङथाङ पुगेका साइकल धावकहरुले एक दिन बिश्राम गरेका थिए ।
लोमाङथाङमा एक दिनको बिश्राम पछि पाँचौ दिन लोमाङथाङबाट टागे र छैठौ दिन टागेबाट मर्फासम्मको दुरी पूरा भएको छ । पाँचौ र छैटौं दिनको यात्रा प्रतियोगिताकै अति नै कठिन चरणहरुमध्येको एक हो । ३३५० मिटरमा अबस्थित टागे सम्म ३२.३ दुरी र र टागेबाट मार्फा सम्म ४८.३ किमी रहेको थियो । छैठो चरणको टागेबाट ४२०० मिटरमा रहेको पाहला पास सम्म करिब ३ किमीको दुरी प्रतियोगीले साईकल बोकेर पार गरेका थिए । यस्तै सातौ दिनको अन्तिम चरण मार्फा देखी म्याग्दीको तातोपानी सम्मको ५० किलोमिटर थियो ।
प्रतिस्पर्धा कडा भएता जित्न सफल भएकोमा राजकुमारले सुरुका चरणमा टाईमिङ्गमा निकै मेहेनत गरेकाले उपाधि जित्न सकेको बताए । हाई एल्टीचुडमा साईकल कुदाउन सजिलो नभए पनि उपल्लो मुस्ताङको मनोरम दृश्यवालोकन गदै कुदाउन पाउदा आफुमा उत्साह जागेको उनको भनाई थियो । बुद्धिबहादुरले उपल्लो मुस्ताङ साईकलिङ्गको लागि उत्तम गन्तव्य भएको बताए । उनले भने, ‘ अर्को बर्ष सुधार गदै लक्ष्य भेट्नेछु ।’
रेस सफलता साथ सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिदै आयोजक तथा ब्याबस्थापक शिखर पाण्डेले भने मुस्ताङ म्याडनेस क्रसकन्ट्री साइकल रेसले नेपालमा माउण्टेन बाईकिङ्गको बिकास र साहासिक खेल पर्यटन योगदान पु¥याउने र यसले मुस्ताङ्गको पर्यटन प्रबर्दनका साथै नेपाली साईकलिष्टको प्रतिभाको पहिचन र कदर हुने बताए ।
एडभेन्सचर स्र्पोट्स नेपालको आयोजना , नेपाल पर्यटन बोर्ड र हाईमेक्सको सहयोगमा भएको यस प्रतियोगितामा १ नेपाली १ बिदेशी महिला सहित ३ बिदेशी र ७ नेपाली खेलाडीको सहभागिता थियो ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]