3 years ago
March 6, 2022
काठमाडौं (हाम्रो खेलकुद) – तार्केश्वर नगरपालिकाले प्रथम अन्तर नगर कराते प्रतियोगिता उपाधि जित्न सफल भएको छ । कुल ५ स्वर्ण २ रजत र ३ कास्य जित्दै तार्केश्वोर नगरपालिका टिम च्याम्पियन बनेको हो ।
वादोकाइ कराते डो संघ नेपालको आयोजना र तार्केश्वर नगरपालिकाको सहयोग रहेको प्रतियोगितामा निलकन्ठ नगरपालिका ४ स्वर्ण ३ रजत र ४ कास्य सहित दोस्रो भयो । तेस्रो स्थानमा नागर्जुन नगरपालिकाले १ स्वर्ण, १ रजत र ३ कास्य हात पारे ।
मनमैजुमा भएको २ दिने प्रतियोगिताको पुरुषमा निलकन्ठ नगरपालिकाका बिजय श्रेष्ठ र महिलामा तारकेश्वोर नगरपालिकाका एरिका गुरुङ उत्कृष्ट खेलाडी हुँदै ५ हजार रुपैयाँ हात पारे । धनकुटाका रिकेश भन्डरी र गोलबजारकी प्रनिशा साही ठकुरी उदीयमान खेलाडी घोषित भए
बुढानिलकण्ठ नगरपालिकाका अनुशासित टिम चुनिए भने मार्चपासमा सिन्धुली उत्कृष्ट घोषित भए । बिजेता खेलाडीहरुलाइ तारकेश्वर नगरप्रमुख रामेश्वर बोहोरा, वादोकाइ कराते डो संघ नेपालका अध्यक्ष सुशीलकुमार श्रेष्ठलगायतले पुरस्कृत गरे ।
प्रतियोगितामा २७ नगरपालिकाबाट १९० खेलाडीले १४ स्वर्ण पदकको निम्ति विभिन्न स्पर्धामा प्रतिस्पर्धा गरेको प्रवक्ता तथा महासचिब विकाश राजबाहकले जनाएका छन् ।
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]