3 years ago
March 6, 2022
दमक (हाम्रो खेलकुद) – होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लब र विभागीय नेपाल पुलिस क्लब समूह विजेतो बन्दै प्रथम दमक कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । डायमन्ड समूह ‘बी’ बाट तथा पुलिस समूह ‘ए’ को विजेता बन्दै अन्तिम चारमा पुग्न सफल भएको हो ।
झापा दमकको पसुहाटमा आइतबार भएको समूह चरणको अन्तिम खेलमा डायमन्डले आयोजक दमक भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै समूह विजेता बनेको हो । एकपक्षीय खेलमा डायमन्डले दमकमाथि २५–८, २५–९ र २५–१२ को एकपक्षीय जित निकाल्न सफल भयो ।
जितसँगै डायमन्डले दुई खेलबाट ५ अंक जोड्यो । त्रिभुवन आर्मी क्लब दुई खेलबाट ४ अंक जोड्दै समूह उपविजेता बन्यो । दुवै खेलमा हार बेहोरेको दमक अंकविहीन हुँदै बाहिरियो ।
अर्काे खेलमा समूह विजेता बन्ने क्रममा पुलिस क्लबले प्रदेश १ लाई ३–० को सोझो सेटमा हराउन सफल भयो । पुलिसले प्रदेश १ माथि २५–४, २५–८ र २५–१५ को सोझो सेटमा जिन निकाल्न सफल भयो । पुलिसले समुह ‘ए’ मा दुई खेलबाट ६ अंक जोड्यो । समूह उपविजेता बनेको नेपाल एपिएफ क्लबले ३ अंक जोड्यो । अंकविहीन हुँदै प्रदेश १ समूह चरणबाटै बाहिरिएको छ ।
त्यसअघि आइतबारै आर्मीले दमकमाथि २५–९, २५–१५ र २५–९ को सोझो सेटमा जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएको थियो । अर्काे खेलमा एपिएफले प्रदेश १ माथि २५–११, २५–१० र २५–१२ को सोझो सेटमा जित निकाल्दै सेमिफाइनलमा स्थान पक्का गरेको थियो ।
अब सोमबार हुने सेमिफाइनलमा समूह ‘ए’ को विजेता पुलिस र समूह ‘बी’ को विजेता आर्मी तथा समूह ‘बी’ को विजेता डायमन्ड तथा समूह ‘ए’ को उपविजेता एपिएफबीच प्रतिस्पर्धा हुनेछ ।
दमक भलिबल संघले ११२औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजना महिला राष्ट्रिय भलिबल प्रतियोगितामा ६ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह ‘ए’ मा एपिएफसँगै पुलिस र प्रदेश १ तथा समूह ‘बी’ मा आर्मी, अमक भलिबल क्लब र न्यू डायमन्ड स्पोर्ट्स क्लब रहेका छन् । हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । फाइनल २४ फागुनमा हुनेछ ।
प्रतियोगिताको विजेता २ लाख रुपैयाँसँग ट्रफी हात पार्नेछ । दोस्रो हुने टोलीले १ लाख प्राप्त गर्नेछ । सात्वना टोलीलाई समान १५ हजार रुपैया प्रदान गरिनेछ । विधागततर्र्फ सर्वाेत्कृष्ट खेलाडीले १० हजार रुपैया प्रदान गरिने आयोजकले जनाएको छ । यस्तै व्यक्तिगतविधातर्फ स्पाइकर, ब्लकर, सेटर, सर्भर, डिफेन्डरले समान ५ हजार प्राप्त गर्नेछन् ।
February 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप) मा दर्ता राष्ट्रिय संघ मध्ये ३४ संघले राखेप सदस्य सचिवको कार्यकक्षमा भएको तोडफोडको संयुक्त रुपमा विरोध गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान), अखिल नेपाल फुटबल संघ (एन्फा), नेपाल तेक्वान्दो र नेपाल भलिबल संघसहित ३४ सँघले शनिवार संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना गरेका छन्। ‘वार्ता, […]
January 30, 2025
एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको योगदान […]
January 30, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]