3 years ago
March 6, 2022
दमक (हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लब प्रथम दमक कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
झापा दमकको पसुहाटमा आइतबार भएको खेलमा सफलता हात पार्दै आर्मी र एपिएफले अन्तिम चारमा स्थान पक्का गरेका हुन् । आर्मीले आफ्नो समूह चरणको अन्तिम खेलमा आयोजक दमक भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै समूह ‘बी’ बाट सेमिफाइनलमा प्रवेश गरेको हो ।
एकपक्षीय खेलमा आर्मीले दमकमाथि २५–९, २५–१५ र २५–९ को सोझो सेटमा जित निकाल्न सफल भयो । आर्मीले दुई खेलबाट ४ अंक जोड्यो । एक खेल कम खेलेको डायमन्डको २ अंक छ । डायमन्डले दमकलाई हराउन सके समूह विजेता बन्नेछ ।
दमक अंकविहीन हुँदै पुछारमा छ । शनिबार होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबले आर्मीमाथि ३–२ को रोमाञ्चक र प्रतिस्पर्धात्मक जित निकाल्न सफल भएको थियो ।
अर्काे खेलमा एपिएफले प्रदेश १ माथि ३–० को सोझो सेटमा जित निकाल्दै समूह उपविजेताको रुपमा सेमिफाइनलमा पुग्न सफल भएको छ । आइतबार एपिएफले प्रदेश १ माथि २५–११, २५–१० र २५–१२ को सोझो सेटमा जित निकाल्न सफल भयो । एपिएफ पहिलो खेलमा पुलिससँग ३–० को सोझो सेटमा पराजित भएको थियो ।
दमक भलिबल संघले ११२औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजना महिला राष्ट्रिय भलिबल प्रतियोगितामा ६ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह ‘ए’ मा एपिएफसँगै पुलिस र प्रदेश १ तथा समूह ‘बी’ मा आर्मी, अमक भलिबल क्लब र न्यू डायमन्ड स्पोर्ट्स क्लब रहेका छन् । हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । फाइनल २४ फागुनमा हुनेछ ।
प्रतियोगिताको विजेता २ लाख रुपैयाँसँग ट्रफी हात पार्नेछ । दोस्रो हुने टोलीले १ लाख प्राप्त गर्नेछ । सात्वना टोलीलाई समान १५ हजार रुपैया प्रदान गरिनेछ । विधागततर्र्फ सर्वाेत्कृष्ट खेलाडीले १० हजार रुपैया प्रदान गरिने आयोजकले जनाएको छ ।
यस्तै व्यक्तिगतविधातर्फ स्पाइकर, ब्लकर, सेटर, सर्भर, डिफेन्डरले समान ५ हजार प्राप्त गर्नेछन् ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]