3 years ago
March 5, 2022
काठमाडौं (हाम्रो खेलकुद) – पाँचपोखरी भोताङ क्रिकेट टिमले पाँचपोखरी टि२० जिल्ला स्तरिय क्रिकेट प्रतियोगिता उपाधि जितेको छ । भोताङले फाइनलमा पाँचपोखरी क्रिकेट क्लबलाई ६८ रनले हराउँदै उपाधि जितेको हो ।
मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको भोताङले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय २४ रन बनाएको थियो । तल्लोक्रमका पेम्बा तामाङले ३६ बलमा ३ चौका र २ छक्कासहित ५४ रन बनाए । देवा लामा ७, पासाङ तामाङ १६ रन बनाए । पाँचपोखरीका अनुभवी ब्याटर विजय धितालले ४ ओभरमा १८ रन खर्चेर ४ विकेट लिए । निशान्त धिताल, सार्थक धितालले १–१ विकेट लिए ।
१ सय २५ रनको विजयी लक्ष्य पछ्याएको पाँचपोखरी १७.३ ओभरमा ५६ रनमा अल आउट भयो । पाँचपोखरीको सुवास धिताल ११, अजय धिताल १२, सार्थक धिताल, महेश देउजा र अर्यान धिताल ६–६ रनमा आउट भए ।
पाँचपोखरीका युवा अलराउन्डर सार्थक धिताल प्रतियोगिता सर्वोत्कृष्ट खेलाडी चुनिए । पाँचपोखरीलाई फाइनल सम्म पुर्याउन १५ वर्षिय सार्थकले ९३ रन बनाउनुको साथै ११ विकेट लिएका थिए । पाँचपोखरीकै तीव्र गतिका बलर अर्यान धिताल ८ विकेटका साथ प्रतियोगिता उत्कृष्ट बलर चुनिए ।
१७ वर्षिय रिञ्जिन लामा १ सय २७ रनका साथ प्रतियोगिता उत्कृष्ट ब्याटर चुनिए । विजेता भोताङले ७५ हजार र उपविजेता पाँचपोखरीले ४० हजार प्राप्त गरे । सिन्धुपाल्चोक जिल्लाका ८ टोली प्रतियोगितामा सहभागी थिए ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]