default_image

3 years ago

March 5, 2022

बक्सिङ खेलाडी सम्मानित

153 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – १३औं दक्षिण एसियादी खेलकुद (साग) मा बक्सिङ खेलमा नेपालको तर्फबाट सहभागी भई पदक जित्न सफल खेलाडी तथा अफिसियल सम्मानित भएका छन् ।

मार्शल आर्ट अर्गनाईजेन नेपालले शनिबार कीर्तिपुर ४ स्थित सिम क्षेत्रको ‘विथ लोकल्स’ नेपाल फार्म हाउसमा भएको आत्मरक्षा प्रशिक्षण कार्यक्रम दौरान खेलाडीहरुलाई सम्मानित गरेको हो । सम्मानित हुने खेलाडी तथा प्रशिक्षकमा बक्सिङ खेलमा लामो समयसम्म प्रशिक्षक भई योगदान पु¥याएका कीर्तिपुर ७ का उमेश कटुवाललाई ५० हजार र सम्मानपत्रले सम्मानित गरे ।

यस्तै, सागमा स्वर्णपदक विजेता मीना गुरूङ र भुपेन्द्र थापालाई ५ हजारसहित सम्मान–पत्र, रजत पदक बिजेता ललिता महर्जन, माला राई, संगीता सुनार, पुनम रावल, गणेश प्रशान्त, आशिष दवाडी र कास्य पदक बिजेता सुशील थापा, तेजबहादुर देवान, पूर्ण राई, विकास लामा, अर्जुन सेभु, चन्द्रकला थापा र अफिसियल टिमका नेपाल चिफ कोच प्रकाश थापा मगर, डम्बर दत्त भट्ट, प्रवीण तुलाधर, दीपक महर्जन, किशोर लिम्बू र म्यानेजर टिमका प्रेम फौजु र प्रमिला राई सम्मानित भएका थिए ।

खेलाडी तथा प्रशिक्षकलाई कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जन, मार्शल आर्ट अर्गनाईजेन नेपालका अध्यक्ष तथा नेपाल उसु संघका उपाध्यक्ष राजीव महर्जन, नगरपालिकाकी उपप्रमुख सरस्वती रिजाल खड्का, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले र उपाध्यक्ष अर्जुनबहादुर केसीलगायतले पुरस्कृत गरे ।

आत्मरक्षा प्रशिक्षणमा कीर्तिपुर नगरपालिकाका १० वडा र विद्यालयका गरि १ सय जना महिला तथा छात्राहरूको सहभागिता रहेको थियो ।

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

February 17, 2025

च्याम्पियन मार्सल आर्ट्सलाई चार पदक

काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]

February 9, 2025

क्यान, एन्फासहित ३४ संघद्वारा सदस्य सचिवको कार्यकक्ष तोडफोडको भर्त्सना

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप) मा दर्ता राष्ट्रिय संघ मध्ये ३४ संघले राखेप सदस्य सचिवको कार्यकक्षमा भएको तोडफोडको संयुक्त रुपमा विरोध गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान), अखिल नेपाल फुटबल संघ (एन्फा), नेपाल तेक्वान्दो र नेपाल भलिबल संघसहित ३४ सँघले शनिवार संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना गरेका छन्। ‘वार्ता, […]

Success

Thank you for your time.