3 years ago
March 5, 2022
दमक (हाम्रो खेलकुद) – होङ्गान्जी न्यू डायमन्ड स्पोर्ट्स क्लबले दमकमा आजदेखि सुरु भएको प्रथम दमक कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विभागीय त्रिभुवन आर्मी क्लबमाथि रोमाञ्चक जित निकालेको छ । डायमन्डले आर्मीमाथि ३–२ को रोमाञ्चक जित निकालेको हो ।
झापा दमकको पसुहाटमा शनिबार भएको रोमाञ्चक बनेको खेलमा डायमन्डले पहिलो १८–२५ ले गुमाएको थियो । डायमन्डले ७–११ को सुरुवाती अग्रता लिनका बाबजुत त्यसलाई जोगाउन नसक्दा पहिलो सेट गुमाउन पुगेको थियो । दोस्रो सेटमा डायमन्डले खेलको सुरुवातदेखि नै आरामदायी अग्रता बनाउँदै २५–१६ को सहज जित निकाल्न सफल भयो । सुरुवातमै ७–० को अग्रता लिएका डायमन्डले त्यसपछि १४–७ को अग्रता लिदै जित निकाल्न सफल भएको थियो ।
तेस्रो सेटमा सुरुवातमा प्रतिस्पर्धा चलेपनि लय गुमाउन पुगेको डायमन्डले १२–२५ ले गुमाउन पुग्यो । चौथो सेटमा डायमन्डले ९–७ हुँदै १२–७ को अग्रता लिदै २५–१३ ले आफ्नो पक्षमा पारेपछि खेल पाँचौ सेटमा लम्बिएको थियो ।
प्रतिस्पर्धात्मक बनेको पाँचौ सेट डायमन्डले १९–१७ को रोमाञ्चक जित निकाल्न सफल भयो । १०–९ को अवस्थामा लगातार ३ अंक बटुल्दै डायमन्ड जितनजिक पुगेपनि आर्मीले उत्कृष्ट पूनरागमन गर्दै १४–१३ को अग्रता लिन सफल भएको थियो । तर, त्यसपछि डायमन्डले लगातार २ अंक जोड्दै रोमाञ्चक जित निकाल्न भयो । जितसँगै डायमन्डले समूह ‘बी’ मा २ अंक जोडेको छ । आर्मीले १ अंक जोडेको छ ।
त्यसअघि शनिबार भएको पहिलो खेलमा नेपाल पुलिस क्लबले नेपाल एपिएफ क्लबमाथि २५–१६, २५–१८ र २५–१७ को सहज जित निकाल्दै विजयी सुरुवात गरेको छ । चोटका कारण मुख्य स्पाइकर सरस्वती चौधरीविनाको एपिएफले पुलिससामु कुनै पनि समय खुलेर खेल्नै सकेनन् ।
प्रतियोगितामा आइतबार चार खेल हुने आयोजकले जनाएको छ । दमक भलिबल संघले ११२औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजना महिला राष्ट्रिय भलिबल प्रतियोगितामा ६ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह ‘ए’ मा एपिएफसँगै पुलिस र प्रदेश १ तथा समूह ‘बी’ मा आर्मी, अमक भलिबल क्लब र न्यू डायमन्ड स्पोर्ट्स क्लब रहेका छन् । हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । फाइनल २४ फागुनमा हुनेछ । प्रतियोगिताको विजेता २ लाख रुपैयाँसँग ट्रफी हात पार्नेछ । दोस्रो हुने टोलीले १ लाख प्राप्त गर्नेछ । सात्वना टोलीलाई समान १५ हजार रुपैया प्रदान गरिनेछ ।
विधागततर्र्फ सर्वाेत्कृष्ट खेलाडीले १० हजार रुपैया प्रदान गरिने आयोजकले जनाएको छ । यस्तै व्यक्तिगतविधातर्फ स्पाइकर, ब्लकर, सेटर, सर्भर, डिफेन्डरले समान ५ हजार प्राप्त गर्नेछन् ।
February 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप) मा दर्ता राष्ट्रिय संघ मध्ये ३४ संघले राखेप सदस्य सचिवको कार्यकक्षमा भएको तोडफोडको संयुक्त रुपमा विरोध गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान), अखिल नेपाल फुटबल संघ (एन्फा), नेपाल तेक्वान्दो र नेपाल भलिबल संघसहित ३४ सँघले शनिवार संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना गरेका छन्। ‘वार्ता, […]
January 30, 2025
एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको योगदान […]
January 30, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]