default_image

3 years ago

March 4, 2022

नेक्ससलाई अर्किड कपको उपाधि

255 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेक्सस स्कुल छैटौं अर्किड कप सेभेन ए साईड अन्तराबिद्यालय नकआउट छात्र फुटबल प्रतियोगितामा उपाधि उचाल्न सफल भएको छ ।

शुक्रबार सम्पन्न फाईनलमा मनकामना स्कुललाई ३–१ को गोल अन्तरले पराजित गर्दै नेक्सस च्याम्पियन बनेको हो । नेक्ससका लागि तीनै गोल राज मगरले गरेका थिए । खेलको पहिलो मिनेटमा नै राजले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाए । २६औं मिनेटमा राजले अर्काे गोल गर्दै अग्रता दोब्बर पारे ।

दोस्रो हाफको आठौं मिनेटमा मनकामनाका सुमन सुनारले गोल गर्दै खेलाई २–१ को स्थितिमा ल्याए । त्यसपछि दोस्रो हाफको १५औं मिनेटमा राजले ह्याट्रिक पुरा गर्दै नेक्सको जित पक्का गरे ।

उपाधिसँगै नेक्ससले ३० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गरेको छ । दोस्रो भएको मनकामनाले २० हजार र तेस्रो भएको गुड डे एकेडेमीले १० हजार प्राप्त ग¥यो । काँडाघारीस्थित अर्किड स्कुलको आयोजनमा भएको प्रतियोगितामा मनकामनाका अनिष डङ्गोल उत्कृष्ट खेलाडी चुनिए । यस्तै नेक्ससका निशान राना मगर उत्कृष्ट गोलरक्षक भए भने प्रतियोगिताको अनुशासित टोलीको उपाधी गुड डे एकेडेमीले हात पा¥यो ।

बिजयी टिम तथा खेलाडीहरुलाई कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापा, आयोजक स्कुलका प्रिन्सिपल चोलेन्द्र कार्की लगायतले पुरस्कृत गरे ।

February 9, 2025

क्यान, एन्फासहित ३४ संघद्वारा सदस्य सचिवको कार्यकक्ष तोडफोडको भर्त्सना

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप) मा दर्ता राष्ट्रिय संघ मध्ये ३४ संघले राखेप सदस्य सचिवको कार्यकक्षमा भएको तोडफोडको संयुक्त रुपमा विरोध गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान), अखिल नेपाल फुटबल संघ (एन्फा), नेपाल तेक्वान्दो र नेपाल भलिबल संघसहित ३४ सँघले शनिवार संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना गरेका छन्। ‘वार्ता, […]

January 30, 2025

ख्वाजाको दोहोरो शतकमा अस्ट्रेलियाको विशाल योगफल

एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको‌ योगदान […]

January 30, 2025

कुशलको टोलीले दीपेन्द्रको टिमलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]

Success

Thank you for your time.