default_image

3 years ago

March 4, 2022

हाई परफरमेन्स कमिटिद्वारा प्रतिवेदन पेश

167 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – १९औं एशियन खेलमा नेपालको सहभागिता निर्धारण गर्न गठित हाई परफरमेन्स कमिटिद्वारा शुक्रबार राष्ट्रिय खेलकुद परिषदका निमित्त सदस्य सचिव कुलबहादुर थापालाई प्रतिवेदन बुझाएको छ ।

समितिका जेष्ट सदस्यलाई संयोजकको रुपमा कार्य गर्ने गरि खेलकुद बिकास ऐन २०७७ को दफा ४२ बमोजिम मिति २०७८-०८-२४ को सदस्य सचिव स्तरिय निर्णय अनुसार ७ सदस्यीय कार्यदल गठन गरिएको थियो ।

कार्यदलमा अर्जूनबहादुर बि.क., (निर्देशक, तालिम तथा प्रशिक्षण विभाग),सदस्य, महेन्द्र राई (निर्देशक, राष्ट्रिय टिम तयारी), सदस्य, संगमसिंह थापा (निर्देशक, नेपाल खेलकुद बिज्ञान प्रतिष्ठान) सदस्य, निलेन्द्र राज श्रेष्ठ (महासचिव, नेपाल ओलम्पिक कमिटि), सदस्य, पार्थ सारथी सेन गुप्त (मिठु), खेल बिज्ञ, सदस्य, सुमन डि.सी., खेल बिज्ञ, सदस्य र हिमाल राज दाहाल (उपनिर्देशक, तालिम तथा प्रशिक्षण विभाग), सचिव रहेका थिए ।

उक्त कार्यदललाई नेपालको अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिताहरुमा देखिएको प्रदर्शन तथा परिणामलाई के कसरी प्रभावकारी रुपमा उपलब्धिमुलक तथा परिणाममुखि बनाउन सकिन्छ त्यसको गहन अध्ययन गरि परिषदलाई उपयुक्त प्रतिवेदन पेश गर्ने जिम्मेवारी प्रदान गरिएको थियो । कार्यदलले नजिकै आउन लागेको १९औं एशियन प्रतियोगितालाई मध्यनजर गर्दै प्रतिवेदन पेश गरेको हो ।

कार्यदलले विभिन्न छलफल, प्रतियोगितामा देखाएको उच्च प्रदर्शन, विगतामा प्राप्त परिणामलाई अध्ययन गर्दै हाल १३ औं दक्षिण एशियाली खेलकुदमा नेपालले प्रथम स्थान हासिल गरेका खेल र उच्च प्रदर्शन गर्न सफल तथा हालमात्र बंगलादेशमा सम्पन्न एशियन सेन्ट्रल जोन महिला भलिबल प्रतियोगितामा हासिल गरेको नतिजालाई आधार मान्दै महिला भलिबल टोलीलाई पनि समावेश गरि १४ खेललाई समावेश गर्ने प्रतिवेदनमा उल्लेख गरिएको सचिव दाहालले जानकारी गराए ।

प्रतिवेदन बुझ्दै निमित्त सदस्य सचिव थापाले कार्यदलको कार्यको प्रशंसाका साथ धन्यवाद ब्यक्त गर्दै यस प्रतिवेदनका आधारमा नेपाली खेलकुदको बाटो तय गर्ने र त्यसले आगामी दिनमा अन्तराष्ट्रिय प्रतियोगिताहरुमा नेपालको प्रतिष्ठा उच्च राख्नेमा आफु बिश्वस्त रहेको बताए ।

March 31, 2025

अस्ट्रेलियामा गल्कोट कप भलिबल हुँदै

सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा तेस्रो गल्कोट कप पुरुष भलिबल प्रतियोगिता नेपाली नयाँ वर्ष २०८२ को पहिलो साता आयोजना हुने भएको छ । एक दिने प्रतियोगिता वैशाख ७ गते सिड्नीको लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ । प्रतियोगितामा अस्ट्रेलियाका रहेका नेपाली समुदायका १२ देखि १४ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिताको पुरस्कार राशि […]

March 30, 2025

झापा र बुटवल लुम्बिनीबीच पहिलो हाफ बराबरीमा

काठमाडौं (हाम्रो खेलकुद)- एनसेल एनएसएलमा झापा एफसी र बुटवल लुम्बिनीबीचको खेल जारी छ। पहिलो हाफ गोल रहित बराबरीमा सकिएको छ। पहिलो हाफमा झापाले एकपक्षीय दबाब बनाए पनि बुटवलका गोल रक्षक दीप कार्कीको प्रभावशाली प्रदर्शनमा‌ झापाले गोल गर्न सकेन। दीप अक्सनमा अन सोल्ड हुँदा विस लिस्टबाट बुटवलले भित्राएको थियो। दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा झापाले […]

March 30, 2025

घरमै बलिङ मेसिन राखेर आफूलाई निखारेका किरण

भुपेन्द्र जि.सी गत वर्ष प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा राम्रो गर्न नसकेको भए सुदुरपश्चिम प्रदेशका ब्याटर किरण ठगुन्नाको क्रिकेट करिअर समाप्त हुने पक्का जस्तै थियो । प्रदेशले नै उनलाई यो अन्तिम अवसर भनेर काठमाडौं पठाएको थियो । तर उक्त प्रतियोगिताको २ वर्ष नबित्दै किरणले नेपाल ए हुँदै सिनियर राष्ट्रिय टोलीको बाटो बनाएका छन् । सुदूरपश्चिमबाट […]

Success

Thank you for your time.