3 years ago
March 4, 2022
भक्तपुर (हाम्रो खेलकुद) – मध्यपुर थिमीमा नगद पुरस्कारसहित आयोजित सर्वोच्च नेता वीर गणेशमान सिंह स्मृति आमन्त्रण कराते प्रतियोगिताको उपाधि बानेश्वरको देउराली डोजोले उचालेको छ ।
मध्यपुर सितेरियो कराते डोजोको आयोजनामा काठमाडौं उपत्यका र काभ्रे व्यापी आमन्त्रण कराते तथा किक् बक्सिङ प्रतियोगिताको उपाधी बानेश्वरको देउराली डोजोले उचालेको हो ।
देउराली डोजोले ९ स्वर्ण ६ रजत र ३ कास्यसहित प्रथम स्थान हाँसिल गरेको हो । टिम प्रथम भएको उक्त डोजोले नगद रु २० हजार सहित ट्रफी हात पारेको छ । यस्तै भक्तपुर मेन डोजो प्रतियोगितामा टिम दोस्रो भएको छ । भक्तपुर मेन डोजोले ६ स्वर्ण ६ रजत र ५ कास्यसहित दोस्रो स्थान हाँसिल गरेको थियो । दोस्रो हुने टिमले नगद रु १० हजारसहित ट्रफी हात पारे ।
यस्तै टिम तृतिय भने मध्यपुर थिमी डोजो भएको थियो । मध्यपुर थिमी डोजोले १ स्वण ४ रजत र ७ कास्य पदक हाँसिल गरेको थियो । टिमले नगद रु ५ हजार र ट्रफि हाँसिल गरेको थियो । प्रतियोगितामा उदयमान खेलाडी प्रज्ञा गुरुङ, नगदेश डोजा अनुसासित टिम भए ।
यस्तै महिलातर्फ कञ्चन नेपालीले उत्कृष्ट खेलाडीको उपाधिसँगै माउन्टेन बाइक पुरस्कार प्राप्त गरिन् । पुरुषतर्फ विद्या आर्जन स्कुलका सुलभ भुजुले उत्कृष्ट खेलाडी हुँदै माउन्टेन बाइक प्राप्त गरे ।
कार्यक्रममा बागमती प्रदेश भौतिक योजना मन्त्री कृष्णलाल भँडेलले स्वास्थ्यका लागि मात्र नभएर देशका लागि खेलकुद भन्दै खेलको विकासमा सबै तहका सरकारले काम गर्नु पर्ने बताएका थिए ।
मध्यपुर थिमी नगरपालिकाकी उपमेयर अञ्जना मधिकर्मीले खेल विकासका लागि नगरले जस्तो पनि योगदान दिन तयार भएको बताईन् ।
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]