3 years ago
March 4, 2022
एजेन्सी – पाकिस्तानमा २४ वर्षपछि पहिलो पटक भ्रमण गरेको अष्ट्रेलिया क्रिकेट टोली पहिलो टेस्टको पहिलो दिन निरिह बनेको छ । घरेलु टोली पाकिस्तान रावलपिन्डीमा टस जितेर पहिला ब्याटिङ गर्दै पहिलो दिनको समाप्तिमा ९० ओभरमा २४५–१ को मजबुत अवस्थामा छ ।
पाकिस्तानका बायाँ हाते युवा ओपनर इमाम उल हक २ सय ७१ बलमा १५ चौका र २ छक्कासहित १ सय ३२ रनमा अविजित छन् । घरेलु मैदानको भरपूर्ण फाइदा उठाउँदै इमामले आफ्नो टेस्ट करिअरको पहिलो शतक प्रहार गरे । उनले २ सय बलमा चौका साथ शतक पूरा गरेका थिए । पूर्व कप्तान अजहर अली १ सय ६५ बलमा ४ चौका र १ छक्कासहित ६४ रनमा अविजित छन् ।
दोस्रो विकेटका लागि इमाम र अजहरले १ सय ४० रनको अविजित साझेदारी गरि सकेका छन् । त्यसअघि ओपनर अब्दुल्लाह सफिक १ सय ५ बलमा ३ चौका र १ छक्कासहित ४४ बलमा क्याच आउट भए । उनलाई स्पिनर नाथन लायनले प्याट कमिन्सबाट क्याच गराउँदै शतकीय ओपनिङ साझेदारी तोडेका थिए । पहिलो विकेटका लागि सफिक र हकले ३४ ओभरमा १ सय ५ रनको उत्कृष्ट शतकीय साझेदारीका साथ सुरुवात दिलाए ।
एक महिना अघि एसेज सिरिजमा इंग्ल्यान्डविरुद्ध सानदार बलिङ गरेका अष्ट्रेलिया तीव्र गतिका बलर पहिलो दिन भने निरिह बनेका छन् । मिचेल स्टार्क, प्याट कमिन्स र जोश हेजलवुड जस्ता विश्वस्तरिय उत्कृष्ट तीव्र गतिका बलर टोलीमा रहेपनि पहिलो दिन अष्ट्रेलिया बलरको पाकिस्तानका ब्याटर सामू निरिह जस्तै बन्न पुगे ।
January 5, 2025
सिड्नी (हाम्रो खेलकुद) – अष्ट्रेलियाको सिड्नीमा अर्काे महिना दोस्रो संस्करणको अजी फाइनान्स अन्तर्राष्ट्रिय पुरुष भलिबल कप २०२५ आयोजना हुने भएको छ । दि गोर्खा स्पोट्र्स क्लबको आयोजनामा आगामी माघ १३ गते आइतबार (२६ जनवरी) मा दोस्रो संस्करणको अन्तर्राष्ट्रिय पुरुष भलिबल कपसँगै ३५ वर्षमाथिको पुरुष भलिबल कप आयोजना हुने भएको हो । एक दिने प्रतियोगिता अष्ट्रेलियाको लिडकमस्थित […]
January 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एनएनआइपिए स्पोर्टस अर्वाड को १९ औं संस्करण आज आयोजना हुँदैछ। नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) को आयोजना तथा तारकेश्वर नगरपालिकाको स्थानीय व्यवस्थापनमा मनमैजु मन्दिर परिसरमा अवार्ड कार्यक्रम हुनेछ । एनएनआइपिएले सबै तयारी पूरा भएको जानकारी गराइसकेको छ। गत वर्ष चीनको हाङझाउमा भएको १९ औं एसियाली खेलकुदमा नेपालले भाग लिएका २९ खेलका […]
December 30, 2024
काठमाडौं(हाम्रो खेलकुद) – तारकेश्वर युवा क्लबको आयोजनामा जारी स्युचाटार क्रिकेट लिग इन्डोर टि-टेन प्रतियोगिताको तेस्रो दिन सोमवार पनि ७ वटा खेल भएका छन् । आज थानकोट वारियर्स, स्मार्ट ए केयर मिडिया, ग्रेट हिमालयन क्रिकेट एकेडेमी, नेक्सस क्रिकेट एकेडेमी र मिक्समान्डु विजयी भएका छन्। पहिलो खेलमा समुह डी अन्तर्गत थानकोट वारियर्सले सानो स्वर्ग नेपाललाई ३ विकेटले […]