3 years ago
March 1, 2022
काठमाडौं (हाम्रो खेलकुद) – खेलकुद पत्रकार हिमेश रत्न बज्राचार्यले एनएनआईपिए खेलकुद पत्रकारिता पुरस्कार – २०७७ प्राप्त गरेका छन् ।
खेलकुद पत्रकारिताको माध्यमबाट नेपाली खेलकुद क्षेत्रलाई पुर्याएको योगदानको कदर गर्दै नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपिए) ले १६औं एनएनआईपीए स्पोर्ट्स अवार्ड कार्यक्रमको दौरान खेलकुद पत्रकार बज्राचार्यलाई पुरस्कृत गरेको हो ।
ललितपुरको गोदावारी नगरपालिकास्थित बज्रवाराहीमा मंगलबार भएको अवार्ड समारोहमा उनलाई एनएनआईपिएका अध्यक्ष दीपक श्रेष्ठ र एनएनआईपिएका मानार्थ अध्यक्ष दीपक विष्टले कदरपत्र र नगदले पुरस्कृत गरे ।बज्राचार्यले कदरपत्रसहित नगद २५ हजार प्राप्त गरे ।
दुई दशकदेखि खेल पत्रकारितामा सक्रिय रहेका बज्राचार्य कान्तिपुर दैनिकमा आबद्ध छन् । विशेष गरी फुटबलमा कलम चाल्ने उनी नेपाली फुटबलको इतिहास र तथ्यांकमा दख्खल मानिन्छन् ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]