default_image

3 years ago

March 1, 2022

च्याम्पियन महिला भलिबल टोलीलाई एनएनआइपिएको सम्मान

192 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एभिसी एसियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियन नेपाली महिला टोलीलाई नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले विशेष सम्मान गरेको छ ।

गोदावरी नगरपालिकाको बज्रबाराही मन्दिर परिसरमा जारी १६ औं एनएनआईपीए स्पोर्ट्स अवार्डको क्रममा महिला भलिबल टोलीलाई सम्मान गरेको हो । भलिबल टोलीका खेलाडीलाई एनएनआईपीएका अध्यक्ष दीपक श्रेष्ठ, कार्यक्रमका प्रमुख अथिति, युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज र गोदावारी नगरपालिका प्रमुख गजेन्द्र महर्जनले च्याम्पियन महिला खेलाडी र सदस्यलाई सम्मान गरेका थिए । अवार्डमा २०७७ मा २७ खेलका उत्कृष्ट खेलाडीहरु सम्मान हुनेछन् ।

महिला टोलीले गत पुषमा बंगलादेशको ढाकामा सम्पन्न भएको फाइनलमा उज्वेकिस्तानलाई ३–२ को रोमाञ्चक सेटमा सानदार जित निकाल्दै उपाधि रक्षा गरेको थियो । बंगलादेशको ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर हलमा मंगलबार भएको उपाधि भिडन्तमा उज्वेकिस्तानले कठिन चुनौती पेश गरेपनि नेपालले त्यो चुनौतीलाई चिर्दै २६–२४, २४–२६, २५–१५, २२–२५ र १५–१० ले आफ्नो पक्षमा पार्दै उपाधि जित्न सफल भयो ।

यसअघि नेपालले २०१९ मा माल्दिभ्सलाई हराउँदै एक सेट पनि नगुमाई उपाधि जितेको थियो । यसपटकको च्याम्पियनसिपमा श्रीलंका र उज्वेकिस्तान थपिदा नेपालले दुवै टोलीसँग समान २–२ सेट गरी ४ सेट गुमाउन पुगेको थियो । नेपालले १८ सेट आफ्नो पक्षमा पारेको थियो ।

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

Success

Thank you for your time.