default_image

3 years ago

February 28, 2022

गणेशमानको स्मृतिमा तीन राष्ट्रिय प्रतियोगिता हुने

207 views

0 Bookmark


काठमाडौं (हाम्रो खेलकुद) – वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीले गणेशमान सिंहको स्मृतिमा तीन राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्ने भएको छ ।

गणेशमान सिंह स्पोर्ट्स कमिटीले काठमाडौंमा सोमबार पत्रकार सम्मेलन गरी गणेशमान सिंह राष्ट्रिय फेन्सिङ, बक्सिङ र १० के रोड रेस आयोजना गर्ने घोषणा गरेको हो । जस अनुसार फागुन २१ देखि २३ गते सम्म वीर गणेशमान सिंह राष्ट्रिय फेन्सिङ प्रतियोगिता आयोजना हुनेछ ।
वैशाख ६ देखि १० गतेसम्म वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिता र त्यसपछि १७ बैशाखमा १० के रोड रेस आयोजना हुने कमिटीका संयोजक सञ्जिव तुलाधरले जानकारी दिए ।


फेन्सिङमा चार प्रदेश (प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिम) सँगै दुई विभाग नेपाली सेना र सशस्त्र प्रहरी बल एपिएफको सहभागिता रहनेछ । फेन्सिङमा महिला तथा पुरुषमा समान तीन इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ । हरेक टोलीमा २४ खेलाडी रहने र प्रतियोगितामा १२ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने बताइएको छ ।
बक्सिङमा ७ प्रदेश र तीन विभाग (सेना, प्रहरी र शसस्त्र प्रहरी) को सहभागिता रहनेछ । बक्सिङमा प्रदेश छनोट पार गरेर आउने खेलाडीले राष्ट्रिय प्रतियोगितामा भाग लिने बताइएको छ । बक्सिङ ओलम्पिक तौलअनुसार पुरुषतर्फ ७ र महिलातर्फ ५ गरी १२ तौल समूहमा प्रतिस्पर्धा हुनेछ । ९१ केजी तौलसमुहमा भन्दा माथि खेलाडी नभएकाले पुरुषमा ७ विधा समावेश गरिएको बक्सिङ प्रतियोतिाका संयोजक राजीव श्रेष्ठले जानकारी गराए ।

तेस्रो गणेशमान सिंह स्मृति १० के रोड रेसमा अर्को विधाका रुपमा ५ किलोमिटरको दौड पनि समावेश गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा जो कोहिले भाग लिन पाउने र एक महिना अघिबाट नाम दर्ता खुला गरिने रेस डाइरेक्टर शुसिलनर सिंह राणाले जानकारी दिए ।
फेन्सिङका लागि २५ लाख, बक्सिङका लागि ५० लाख र रोड रेसका लागि १५ लाख गरि तीन प्रतियोगिताका लागि झण्डै ९० लाख रुपैयाँ खर्चको अनुमान गरिएको आयोजक कमिटीले गरेको छ । सोही अवसरमा स्पोर्टस कमिटी संयोजक तुलाधरलेले ब्याडमिन्टन प्रतियोगिताका संयोजक पत्र दीपक थापालाई हस्तान्तरण गरेका थिए ।

February 9, 2025

क्यान, एन्फासहित ३४ संघद्वारा सदस्य सचिवको कार्यकक्ष तोडफोडको भर्त्सना

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप) मा दर्ता राष्ट्रिय संघ मध्ये ३४ संघले राखेप सदस्य सचिवको कार्यकक्षमा भएको तोडफोडको संयुक्त रुपमा विरोध गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान), अखिल नेपाल फुटबल संघ (एन्फा), नेपाल तेक्वान्दो र नेपाल भलिबल संघसहित ३४ सँघले शनिवार संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना गरेका छन्। ‘वार्ता, […]

January 30, 2025

ख्वाजाको दोहोरो शतकमा अस्ट्रेलियाको विशाल योगफल

एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको‌ योगदान […]

January 30, 2025

कुशलको टोलीले दीपेन्द्रको टिमलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]

Success

Thank you for your time.