default_image

3 years ago

February 28, 2022

मुख्यमन्त्री कप राष्ट्रिय भलिबलमा १० टोली

122 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद) – सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा धनगढीमा मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।

आयोजकले सोमबार पत्रकार सम्मेलन गरी प्रतियोगिता ७ देखि १२ चैतसम्म हुने जानकारी गराएको हो । प्रतियोगितामा सात प्रदेश र तीन विभागीय गरी १० टोलीको सहभागिता रहने परिषद्का सदस्य सचिव दिपक बहादुर सिंहले जानकारी दिए ।

प्रतियोगिताको विजेताले ४ लाख, दोस्रो हुनेले २ लाख, तेस्रो र चौथो स्थान प्राप्त गर्ने टिमले क्रमशः १ लाख र ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई २० हजार रुपैया प्रदान गरिनेछ ।

यस्तै उदियमान खेलाडी, उत्कृष्ट लिष्टर, उत्कृष्ट स्पाईकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेन्सर, उत्कृष्ट सर्वर र उत्कृष्ट प्रशिक्षकलाई जनही १० हजार सहित पुरस्कृत गरिनेछ । प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद १ हजार ५ सय प्रदान गरिने आयोजकले जनाएको छ ।

‘सुदुरपश्चिम प्रदेश खेलकुद परिषद्को गठन भए पश्चात सुदुरपश्चिमको खेलकुद क्षेत्रको विकास गर्नका लागि विभिन्न प्रतियोगिताहरु आयोजना गर्दै आएको छ ।’ सदस्य सचिव सिंहले भने, ‘सुदुरपश्चिम प्रदेश सरकारले थालनी गरेको मुख्यमन्त्री कप अन्तर्गत आगामी चैत ७ गतेदेखि १२ गतेसम्म धनगढीमा मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता आयोजनाको तयारी सुरु गरेका हौं ।’ सुदुरपश्चिम प्रदेशको टिमलाई बन्द प्रशिक्षणमा राखेर प्रशिक्षण दिईने काम भईरहेको सदस्य सचिव सिंहले बताए ।

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

Success

Thank you for your time.